Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ । ‘भरौँ खुसी’ अभियान सुरू भएदेखि नै सयौँ सहभागीहरू फ्लाइट र बस टिकट भौचर विजेताका रूपमा छनोट भइसकेका छन् भने अरू धेरैका लागि पनि यसमा सहभागी हुने, टिकट जित्ने र आफ्ना परिवारसँग दशैँ मनाउन घर जाने अवसर अझै बाँकी रहेको छ । भदौ १८ देखि कात्तिक २९ (तदनुसार सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६) सम्म लागू हुने यस योजनाले सहभागीहरूलाई दशैँ विशेष २.२५ लिटर र १.५ लिटर कोक, स्प्राइट र फ्यान्टाको पेट बोटलमा उपलब्ध क्युआर कोड स्क्यान गरी वेबसाइटमार्फत रजिस्टर गरेर भौचर जित्ने मौका प्राप्त गर्न आह्वान गर्दछ । कोका–कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले भन्नुभयो, “दशैँ भनेको प्रायः टाढा रहेका परिवार र आफन्तहरू एकै ठाउँमा भेला हुने समय हो । नेपालीहरूका लागि दशैँमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति धेरै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौँ । ‘भरौँ खुसी’ मार्फत हामी यीनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ ।” यस अभियान अन्तर्गत विशेष टिभिसि (टेलिभिजन विज्ञापन) पनि प्रशारण भइरहेको छ जसमा कोका–कोलाका ब्रान्ड एम्बेसेडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ । उक्त टिभिसिमा दशैँमा घर फर्कँदा महसुस गरिने व्यग्र प्रतीक्षाका पलहरू र सँगै हुँदाका आत्मीय क्षणहरूलाई कलात्मक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । विशेषतः काम, पढाई वा अन्य विविध कारणले आफ्नो गृहजिल्लाभन्दा टाढा बस्दै आएकाहरूका लागि दशैँ परिवारसँग सँगै हुने अवसर हो । यस अभियानले यी भेटघाटहरूको महत्त्वलाई उजागर गर्दछ । साथै, नेपालीहरूले वर्षदिनमा एकपटक आउने महान चाड आफ्ना प्रियजनहरूसँगै एकै ठाउँमा रही मनाउनका लागि गर्ने हरेक प्रयास र समर्पणलाई पनि ‘भरौँ खुसी’ अभियानले आत्मसात गर्दछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्ने
ताजा खबरJust now

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्ने

काठमाडौँ, असोज ३० गते । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्... ...

गोरखापत्र
नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान
ताजा खबरJust now

नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान

काठमाडौँ । नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले... ...

रातोपाटी
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै
ताजा खबरJust now

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, २०८३ का अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध ...

केन्द्रबिन्दु
सुन-चाँदीको मूल्य बढ्यो
ताजा खबरJust now

सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play