प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक रहेको जिकिर गरे । प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताए । उनले भने, ‘प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्छ । साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक छ । प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ । सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन ।’ गृहमन्त्री गुरुङले सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहने र गलत कार्यको संरक्षण नगर्ने चेतावनी दिए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्ने
काठमाडौँ, असोज ३० गते । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्... ...

नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान
काठमाडौँ । नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले... ...

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, २०८३ का अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध ...

सुन-चाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन ...


