रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी

धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको छ । रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन । बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ। साग टिप्ने र बजारसम्म पुर्याउने काममा प्रेम रानासँगै उनका परिवारका सदस्यहरू पनि खटिने गरेका छन् । परिवारका सबै सदस्य मिलेर खेतीपातीमा लाग्दा घरखर्च चलाउन सहज भएको उनको भनाइ छ । परिवारमा ११ सदस्य छन् । रानाको बारीबाट दैनिक एक सयभन्दा बढी एक किलोका मुठा रायो साग टिपेर बिक्री हुने गरेको छ । उनले दुई महिनाको अवधिमा साग बिक्रीबाट साढे दुई लाख रुपैयाँ आम्दानी गरेको बताए । साग खरिद गर्न ग्राहकहरू खेतबारीमै पुग्ने र आफैँले टिपेर लैजानेसमेत गरेका छन्। यसले बजारमा सागको माग राम्रो रहेको देखाउँछ। प्रेमका अनुसार करिब चार महिनासम्म रायो साग टिपेर बिक्री गर्न सकिने भएकाले यो खेतीबाट थप आम्दानी हुने अपेक्षा छ । खेतीबाट अझै पूर्ण सफलता हासिल गरिनसकेको बताउने राना आफ्नो कामप्रति भने उत्साहित छन् । आफ्नो कामबाट पूर्ण सफलता पाएपछि मात्र सार्वजनिक रूपमा बोल्ने बताउँदै उनी हाँस्दै आफ्ना अनुभव सुनाइरहेका थिए। उनको यो भनाइले खेतीबाट केही राम्रो आम्दानी भए पनि अझै अगाडि बढ्ने चाहना रहेको देखाउँछ। प्रेम रानाले एउटै मौसममा मात्र नभई मौसमअनुसार साग खेती गर्दै आएको बताएका बताए । रायो सागसँगै अन्य फलफूल खेतीबाट पनि आम्दानी हुने गरेको उनको भनाइ छ। परिवारका सदस्यहरू मिलेर खेतीमा काम गर्दा घरपरिवार पाल्न सहज भएको उनी बताउँछन्। मेहनत, निरन्तरता र बजारको मागलाई ध्यानमा राखेर खेती गर्न सके कृषि व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ग्यास अभाव समाधान : मोतिहारी-सर्लाही पाइपलाइन र ५० हजार टनको भण्डारण बन्दै
ग्यास भण्डारणमा हालसम्म सरकारको उपस्थिति शून्यप्राय: रहेको अवस्थामा नेपाल आयल निगमले आफ्नै स्वामित्वमा भण्डारण गृह र सीमापार ग्यास पाइपलाइन निर्माण प्रक्रियालाई तीव्रता दिएको हो । ...

कांग्रेस देउवा समूहको महाधिवेशन : ३५ मध्ये नौ जिल्लामा नेतृत्व चयन
सम्पर्क कार्यालयका अनुसार देउवा समूहले एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका ३५ मध्ये नौ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरेको हो । ...

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए । २५ बलको सामना गरेका उनले २ ...

गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, ...


