एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए । २५ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, डार्सी सर्टले १८ बलमा ४० रनको विष्फोटक पारी खेले । यस क्रममा चार चौका र तीन छक्का प्रहार गरे ।

लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै जोड्न सक्यो ।

यसअनुसार सुदूरपश्चिमको यो स्कोर अघिल्लो सिजनको फाइनलमा बनाएको भन्दा केबल दुई रन बढी हो । अघिल्लो सिजनको फाइनलमा टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । उक्त खेल लुम्बिनीले ६ विकेटले जितेको थियो ।

जारी खेलमा सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । २३ बल खेलेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, अनिल खरेलले २७ बलमा १५ रन बनाए । ओपनर ब्याटर सैफ जैबले १४ बलमा १३ रन बनाए । यस क्रममा उनले दुई चौका प्रहार गरे । यसबाहेक सुदूरपश्चिमका अरु ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । शाडले भान साल्कविक, कप्तान रोहित पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए ।

अब सुदूरपश्चिमले आगामी बुधबार पोखरा एभेन्जर्सको सामना गर्नेछ । त्यसैगरी, लुम्बिनीले आगामी शनिबार चितवन राइनोजको सामना गर्नेछ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी लगायतका चर्चित खेलाडी छन् ।

त्यसैगरी, सुदूरपश्चिममा हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दिपक बोहरा, फेबियन एलेनजस्ता खेलाडी समावेश छन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा भने रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक, निरोशन डिक्वेलाजस्ता खेलाडी छन् ।

त्यस्तै, लुम्बिनीमा दिनेश अधिकारी, अभिशेष गौतम, तिलक राज भण्डारी, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान, करण घर्ती मगरजस्ता खेलाडी पनि समावेश छन् ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै
नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो। बैंकले अर्को प्रणाली ...

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । ...

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?
रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के छ त ? ...