दशैँ सकिए लगत्तै गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

<p>गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेको थियो।<p>दुर्घटनामा घाइते तीन जनालाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने दुई जनाको अवस्था मध्यम रहेको जनाइएको छ।दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

दशैंमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, ...

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक नोभेम्बर वा डिसेम्बरमा नेपालमा गर्न प्रस्ताव
९ कात्तिक, काठमाडौं । नेपाल सरकारले नेपाल र मलेसियाबीच श्रमिक छनोट तथा भर्ना प्रक्रियामा देखिएका समस्या समाधानका लागि संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लूजी) को बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई पत्राचार गर्दै आगामी नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा काठमाडौंमा बैठक आयोजना गर्ने प्रस्ताव… ...

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै
नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो। बैंकले अर्को प्रणाली ...

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । ...


