Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

10/26/2026, 7:45:41 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे र बुटवल खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको घटनास्थलमै तथा निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा गुल्मी कालीगण्डकी–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जा वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। गम्भीर घाइते छविलाललाई मिर्मीमा प्रारम्भिक उपचारपछि पाल्पास्थित मिसन अस्पताल रेफर गरिएको छ। यस्तै गोमताको मिसन अस्पताल पाल्पा र बालकृष्णको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरी र स्थानीयको टोलीले घटनास्थलबाट घाइते तथा मृतकहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो। दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै
OthersJust now

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै

नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो। बैंकले अर्को प्रणाली ...

पर्दाफास
हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?
OthersJust now

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?

रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के छ त ? ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play