युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो । अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बान्र्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ । यस गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो । गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए । तर, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन् । अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर जलवायु परिवर्तनको प्रभाव आकलन गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ । अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् । -एपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आफ्नै आँगनमा अपरिचित हुँदा र खरानी राष्ट्रिय धरोहर देख्दा मन कटक्क
विशेषगरी वसन्तपुर र हनुमानढोका क्षेत्रमा मानिसहरू एकअर्कालाई ठेल्दै हिँड्नुपर्ने अवस्था थियो। ...

भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने युग सकियो -अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र असल छिमेकी सम्बन्ध रहेको बताएका हुन् । उनले भने, ‘अहिले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो।’ नेपाल ...

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
काठमाडौं।नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड ...

विश्वकपको तयारीमा नेपाली यु–१९ महिला टोली, तयारी खेल चीन र भारतमा खेल्ने
नेपाली यु–१९ महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार, नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड ...


