Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/युद्धको छायामा इजरायलको चुनाव

युद्धको छायामा इजरायलको चुनाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
युद्धको छायामा इजरायलको चुनाव

जेरुसेलम।हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन्। निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने संकेत समेत दिनेछ। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली समाजमा अझै देखिन्छ। आक्रमणमा मारिएका युवाका तस्बिर सार्वजनिक स्थानमा टाँसिएका छन्। इजरायलले त्यसयता गाजामा व्यापक विनाश गरेको छ, लेबनानका केही भाग कब्जा गरेको छ र अमेरिकाको सहयोगमा इरानमा बमबारी गरेको छ। सैन्य अभियानका कारण इजरायलले पश्चिमी मुलुकबाट समेत आलोचना खेप्नु परेको छ। नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारेन्ट समेत सामना गरेका छन्। इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहुले सन् २०२२ मा पुनः सत्तामा फर्किएपछि अति राष्ट्रवादी दलहरूसँग गठबन्धन गरेका थिए। न्यायपालिकाको अधिकार सीमित गर्ने उनको प्रयासले अक्टोबर ७ को आक्रमणअघि नै देशव्यापी विरोध निम्त्याएको थियो। कब्जा गरिएको वेस्ट ब्याङ्कमा यहुदी बस्ती विस्तार र प्यालेस्टिनीमाथि बसोबासकर्ताका आक्रमणले पनि विवाद चर्काएको छ। विपक्षी दलहरूले अक्टोबर ७ को आक्रमण रोक्न सरकार असफल भएको विषयलाई चुनावी बहसको केन्द्रमा राखेका छन्। पूर्व सैनिक प्रमुख गदी आइसेनकोट नेतान्याहुका प्रमुख प्रतिस्पर्धीमध्ये एक हुन्। उनले सुरक्षा चेतावनी बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेका छन्। नेतान्याहुले भने सुरक्षा निकायका प्रमुखहरूलाई दोष दिँदै आफूलाई समयमै जानकारी नदिइएको दाबी गर्दै आएका छन्। गाजाको युद्धमा आइसेनकोटका छोरा मारिएका थिए। मोरक्कोबाट आएका यहुदी आप्रवासी परिवारमा जन्मिएका आइसेनकोट विभिन्न विचारधाराका मध्यमार्गी मतदातालाई एकत्रित गर्ने प्रयासमा छन्। उनी इजरायलको पहिलो मध्यपूर्वी मूलका प्रधानमन्त्री बन्न सक्ने व्यक्तिका रूपमा पनि चर्चामा हुन्। यद्यपि, विपक्षी नेताहरूले नेतान्याहुको युद्ध नीतिलाई खासै चुनौती दिएका छैनन्। निर्वाचनमा धार्मिक तथा सामाजिक विभाजन पनि प्रमुख मुद्दा बनेको छ। नेतान्याहुले धार्मिक विद्यार्थीलाई अनिवार्य सैन्य सेवाबाट छुट दिएका छन्। लामो समय सैन्य सेवामा खटिएका आरक्षित सैनिकहरू यसबाट असन्तुष्ट छन्। पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटले सैन्य सेवामा दिइने सबै छुट अन्त्य गर्ने वाचा गरेका छन्। विपक्षीहरूले धार्मिक प्राथमिकताअनुसार शनिबार सार्वजनिक यातायात बन्द राख्ने व्यवस्थासहितका विषयले समाज विभाजित बनाएको बताएका छन्। युद्धपछि केही इजरायलीमा सरकारप्रतिको समर्थन कायम छ। इरान र हिजबुल्लाहका प्रत्याक्रमणमा इजरायली नागरिक मारिए पनि गाजाबाट हुने गोलीबारी रोकिएको छ। अर्थतन्त्रमा सुधार, निर्माण गतिविधिमा वृद्धि र प्रविधि तथा रक्षा क्षेत्रको नेतृत्वमा सेयर बजार उकालो लाग्नुले सरकारलाई केही राहत दिएको छ। नेतान्याहुको लिकुड पार्टीले अन्तर्राष्ट्रिय आलोचक तथा न्युयोर्कका मेयर जोहरान ममदानीको तस्बिर समेत प्रयोग गरी विपक्षीलाई हराउन आग्रह गर्ने पोस्टर सार्वजनिक गरेको छ। उनले अरब इजरायली दलसँग गठबन्धन नगर्ने प्रतिबद्धता जनाएका छन्। देशको जनसंख्याको करिब २० प्रतिशत रहेका अरब इजरायली मतदाताको सहभागिता यस पटक निर्णायक हुन सक्ने अनुमान गरिएको छ। निर्वाचन परिणाम नजिकिएमा नयाँ सरकार गठन गर्न हप्ता वा महिना लाग्न सक्छ। आइसेनकोटले अरब दल वा नेतान्याहुसँग गठबन्धन नगर्ने बताएका छन्, तर परिस्थितिअनुसार प्रतिबद्धता बदल्न सक्ने भन्दै आलोचकहरूले शंका गरेका छन्। पूर्व सांसद उरियेल रेइचम्यानले नेतान्याहुको विजयले इजरायलको दक्षिणपन्थी राजनीतिक परिवर्तन स्थायी बनाउन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार लोकप्रियतावादी नेताले आफ्ना समर्थकलाई राज्यका संस्थामा स्थापित गर्दै स्वतन्त्र निकायको स्वरूप बदल्न सक्छन् र यस्तो व्यवस्था स्थापित भएपछि त्यसलाई उल्ट्याउन अत्यन्त कठिन हुन्छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

यस वर्ष कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने
ताजा खबरJust now

यस वर्ष कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने

• नेपाली कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ। • बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्थामा कार्यक्रम स्थगित गरिएको हो। • पार्टीका सभापति गगनकुमार थापाले चाडपर्व शान्त र संयमित तरिकाले मनाउन आग्रह गरेका छन्। ...

नेपालबहस
स्कारपियोको ठक्करबाट १७ वर्षीय युवकको मृत्यु, दुई जना घाइते
ताजा खबरJust now

स्कारपियोको ठक्करबाट १७ वर्षीय युवकको मृत्यु, दुई जना घाइते

बारा । बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बिहान ११ः३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ...

हिमालय टाइम्स
जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ
ताजा खबरJust now

जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काभ्रे र रुपन्देहीबाट ११ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ३७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ । […] ...

काठमाण्डुपाटी
दसैँ मनाउन उपत्यका छाड्ने यात्रु पाँच लाख
ताजा खबरJust now

दसैँ मनाउन उपत्यका छाड्ने यात्रु पाँच लाख

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यका छाड्ने यात्रुको क्रम जारी छ । उहाँका अनुसार अघिल्ला दिनको तुलनामा आज उपत्यका छाड्ने यात्रुको सङ्ख्या ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play