स्कारपियोको ठक्करबाट १७ वर्षीय युवकको मृत्यु, दुई जना घाइते

बारा । बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बिहान ११ः३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ निवासी परमानन्द यादवका १७ वर्षीय छोरा धिरज यादव गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ११ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कलैया उपमहानगरपालिका–२१, भोडहाका १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार नगेशको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ भने अरुणको दाहिने हात र खुट्टामा चोट लागेको छ । दुवै जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ निवासी ३८ वर्षीय अरुणकुमार दुबेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको छ । प्रहरी नायब उपरीक्षक घलेले चाडपर्वका समयमा सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न र तीव्र गतिमा सवारी नचलाउन सबै चालकलाई आग्रह गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार... ...

लागूऔषधसहित नौ जना पक्राउ
काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई शनिबार साँझ मोटरसाइकलमा सवार रहेका बेला ...

यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी
साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीसँग लडाइँका बिच आफ्नो विमान दुर्घटना भएको र दुई पाइलटको मृत्यु भएको बताएको छ। बीबीसी न्युज अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण सीमानजिकै एक जासुसी हेलिकप्टर दुर्घटना भएको बताएको हो। हुथीसँग द्वन्द्व बढेपछि साउदीले आफ्नो सैन्य कर्मच... ...

बेपत्ता बालबालिकाको खोजीमा एआई
काठमाडाैँ। मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई... ...


