Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी

युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतको साकेत अदालतले सन् २०१८ को मानहानि मुद्दामा चर्चित युट्युबर ध्रुव राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको छ । विकास सांक्रित्यायनले दायर गरेको उजुरीका आधारमा अदालतले शनिबार यस्तो आदेश दिएको हो । उजुरीकर्ताले राठीको ‘भाजपा आईटी सेल पार्ट–२’ शीर्षकको भिडियोमा आफूविरुद्ध झूटा तथा मानहानिकारक आरोप लगाइएको दाबी गरेका छन् । मुद्दाको सुनुवाइ गरिरहेका न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीका राहुल जैनले जमानती पक्राउ पुर्जी जारी गर्ने आदेश दिएका हुन् । अदालतलाई राठीका नाममा सूचना पठाइए पनि उनको ठेगानामा पुग्दा परिसर बन्द रहेको जानकारी गराइएको थियो । यसअघि अदालतले यसै साता राठीका नाममा नयाँ समन जारी गरेको थियो । उजुरीकर्ताले मुद्दाको सुनुवाइ मिति अगाडि सार्न माग गरेका थिए । यसअघि सुनुवाइ नोभेम्बर २० का लागि तोकिएको थियो । उजुरीकर्ताका अनुसार राठी प्रायः विदेशमा बस्ने भएकाले विगत केही वर्षदेखि अदालतको समन पुर्‍याउन ढिलाइ हुँदै आएको थियो । उनले राठी अहिले ‘सीजेपी’को प्रदर्शनका सिलसिलामा भारतमा रहेको दाबी गर्दै छिटो समन जारी गर्न माग गरेका थिए । यस मुद्दाको अर्को सुनुवाइ अक्टोबर ३१ मा हुने तय भएको छ । केहि दिनअघि आन्दोलनका लागि भारत आएका राठी भने हाल भारत छोडेर लन्डन पुगेका छन् । The post युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

करेन्ट लागेर महिलाको मृत्यु
ताजा खबरJust now

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ। घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट प्रवाह भएको करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए। घटनापछि बास्तोलाको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको ... ...

नेपालखबर
एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स
ताजा खबरJust now

एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स

काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्सको आधिकारिक परफर्मन्स पार्टनर बनेको छ । नेपालका लागि टोटल लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले लुम्बिनी लायन्ससँग साझेदारी घोषणा गरेको हो। साझेदारीअनुसार अक्टोबर २६ देखि सुरु हुने एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सका खेलाडीहरूको हेलमेटमा टोटल इनर्जिजको लोगो देखिनेछ । कम्पनीले क्रिकेटको प्रतिस्पर्धात्मक भावना र सवारीसाधनको ...

कर्पोरट खबर
दसैँ मनाउन घर फर्किनेको घुइँचो, साढे ४ लाख यात्रुले छाडे उपत्यका
ताजा खबरJust now

दसैँ मनाउन घर फर्किनेको घुइँचो, साढे ४ लाख यात्रुले छाडे उपत्यका

काठमाडौँ। बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप ह्वात्तै बढेको छ। रोजगारी, अध्ययन र विभिन्न पेसा-व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाख २३ हजार ६६४ यात्रुले उपत्यका छाडिसकेका छन्। विशेषगरी नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र ...

नेपालन्युज
अस्थायी मर्मतपछि दसैँका लागि बागलुङका सडक सञ्चालनमा
ताजा खबरJust now

अस्थायी मर्मतपछि दसैँका लागि बागलुङका सडक सञ्चालनमा

बागलुङ। बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्ग र ग्रामीण सडकहरू अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्। यसले दसैँ मनाउन घर फर्किने यात्रुहरूलाई सहज बनाएको छ। असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बागलुङ-बेनी सडक लगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको थियो। सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, मध्यपहाडी लोकमार्गको गलकोट र निसीखोला ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play