दसैँ मनाउन घर फर्किनेको घुइँचो, साढे ४ लाख यात्रुले छाडे उपत्यका

काठमाडौँ। बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप ह्वात्तै बढेको छ। रोजगारी, अध्ययन र विभिन्न पेसा-व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाख २३ हजार ६६४ यात्रुले उपत्यका छाडिसकेका छन्। विशेषगरी नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा यात्रुको भीड बढेको छ। ट्राफिक प्रहरीले यी नाकाहरूमा सवारी व्यवस्थापनलाई सहज बनाइरहेको सुवेदीले जानकारी दिए। यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, जगाती र भट्टेडाँडा नाका हुँदै बाहिरिरहेका छन्। पछिल्लो छ दिनको तथ्याङ्क अनुसार असोज २५ गते ५२ हजार ८२७, २६ गते ५६ हजार ८०९, २७ गते ७८ हजार १३८, २८ गते ७४ हजार ९७९, २९ गते ८५ हजार ५६१ र ३० गते ७५ हजार ३५० यात्रु बाहिरिएका छन्। यातायात व्यवसायीले पनि दसैँका लागि बसको व्यवस्थापन गरिरहेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण केही समस्या देखिए पनि सम्बन्धित निकायसँगको समन्वयमा यात्रुलाई सेवा दिइरहेको बताए। महासङ्घले यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा दर तिर्न र सवारीसाधनको अवस्थाबारे सचेत रहन आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै
केही प्रदर्शनकारीले अहिलेको आन्दोलनलाई सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग तुलना गरेका छन् । उनीहरू भन्दै छन्, ‘सरकार काँपिरहेको छ । उसले काँप्न पनिपर्छ, किनकि फ्रान्सेली जनता आक्रोशित हुँदा उनीहरू आन्दोलन... ...

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट गिरफ्तार
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले उनलाई शनिबार ललितपुरबाट गिरफ्तार गरेको हो। प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो। इनाम सापकोटासँगको कारोबारमा जोडिएपछि उनलाई प्रहरीले नियन्... ...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । साइबर ब्युरोमा ...

पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि
काठमाडौँ । पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड ५० लाख अमेरिकी डलर पुगेको छ... ...


