Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स

एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स

काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्सको आधिकारिक परफर्मन्स पार्टनर बनेको छ । नेपालका लागि टोटल लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले लुम्बिनी लायन्ससँग साझेदारी घोषणा गरेको हो। साझेदारीअनुसार अक्टोबर २६ देखि सुरु हुने एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सका खेलाडीहरूको हेलमेटमा टोटल इनर्जिजको लोगो देखिनेछ । कम्पनीले क्रिकेटको प्रतिस्पर्धात्मक भावना र सवारीसाधनको भरपर्दो कार्यसम्पादनलाई जोड्ने उद्देश्यले ‘हरेक ओभर, हरेक माइल’ अभियानसमेत सञ्चालन गर्ने जनाएको छ । एनपीएल अवधिभर डिजिटल माध्यम र विभिन्न स्थलगत गतिविधिमार्फत अभियान सञ्चालन गरिने कम्पनीको भनाई छ । यसअन्तर्गत लुम्बिनी लायन्सको प्रशिक्षणसँग सम्बन्धित सामग्री, मेकानिक तथा खुद्रा विक्रेताको सहभागितामा कार्यक्रम र उपभोक्तालाई लक्षित गतिविधि समावेश हुनेछन् । लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले तयारी, मेहनत र उत्कृष्ट प्रदर्शनप्रतिको साझा प्रतिबद्धताका कारण टोटल इनर्जिजसँगको साझेदारी महत्त्वपूर्ण रहेको बताए ।उनले मैदानमा उत्कृष्टता हासिल गर्ने प्रयाससँगै नेपालका सडकमा पनि भरपर्दो कार्यसम्पादनको सन्देश फैलाउन सहकार्यले सहयोग गर्ने विश्वास व्यक्त गरे । लक्ष्मी ल्युब आयलका बिक्री प्रमुख सुबोध थापाले क्रिकेटप्रतिको उत्साह र सवारीसाधन सञ्चालनमा आवश्यक पर्ने विश्वसनीयताबीच समानता रहेको बताए । उनका अनुसार साझेदारीमार्फत टोटल लुब्रिकेन्टसम्बन्धी विशेषज्ञतालाई नेपाली सवारीचालक, मोटरसाइकल चालक, मेकानिक तथा खुद्रा विक्रेतामाझ अझ नजिक पु¥याइनेछ । टोटलले नेपालमा कारका लागि क्वाट्र्ज, मोटरसाइकलका लागि हाइ–पर्फ, ट्रक तथा बसका लागि रुबिया र ट्र्याक्टरका लागि ट्र्याक्टाग्री रेन्जका लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको छ । कम्पनीले ‘मैदानमा पनि, सडकमा पनि कार्यसम्पादनको सुरक्षा’ भन्ने सन्देशमार्फत निरन्तर भरपर्दो प्रदर्शनको महत्वलाई उजागर गर्ने लक्ष्य राखेको छ । The post एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै
ताजा खबरJust now

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै

केही प्रदर्शनकारीले अहिलेको आन्दोलनलाई सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग तुलना गरेका छन् । उनीहरू भन्दै छन्, ‘सरकार काँपिरहेको छ । उसले काँप्न पनिपर्छ, किनकि फ्रान्सेली जनता आक्रोशित हुँदा उनीहरू आन्दोलन... ...

रातोपाटी
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट गिरफ्तार
ताजा खबरJust now

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट गिरफ्तार

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले उनलाई शनिबार ललितपुरबाट गिरफ्तार गरेको हो। प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो।  इनाम सापकोटासँगको कारोबारमा जोडिएपछि उनलाई प्रहरीले नियन्... ...

नेपालखबर
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
ताजा खबरJust now

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । साइबर ब्युरोमा ...

कर्पोरट खबर
पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि
ताजा खबरJust now

पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि

काठमाडौँ । पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड ५० लाख अमेरिकी डलर पुगेको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play