Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अस्थायी मर्मतपछि दसैँका लागि बागलुङका सडक सञ्चालनमा

अस्थायी मर्मतपछि दसैँका लागि बागलुङका सडक सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्थायी मर्मतपछि दसैँका लागि बागलुङका सडक सञ्चालनमा

बागलुङ। बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्ग र ग्रामीण सडकहरू अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्। यसले दसैँ मनाउन घर फर्किने यात्रुहरूलाई सहज बनाएको छ। असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बागलुङ-बेनी सडक लगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको थियो। सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, मध्यपहाडी लोकमार्गको गलकोट र निसीखोला खण्ड मर्मतपछि यातायात पुनः सुचारु भएको छ। मालढुङ्गा पुलको पहुँचमार्ग १५ दिन र गलकोट-ताराखोला सडक १७ दिनपछि सञ्चालनमा आएका हुन्। निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडक बगाएको स्थानमा डाइभर्सन निर्माण गरिएको छ। सडक डिभिजन कार्यालय अन्तर्गतका सडकमा मात्रै करिब रु. ३० करोडको क्षति भएको छ। पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख अनुप थापाका अनुसार प्रदेश सरकार अन्तर्गतका सडकमा करिब रु. २० करोडको क्षति भएको प्रारम्भिक अनुमान छ। सबैभन्दा बढी क्षति गलकोट-हरिचौर-ताराखोला सडकमा देखिएको छ, जहाँ आठ किलोमिटर खण्डमा दर्जनौँ स्थानमा पहिरो गएको थियो। स्थानीय तहले ग्रामीण सडकहरू मर्मत गरी सञ्चालनमा ल्याएका छन्। जिल्लाका विभिन्न सडकमा गरी कुल रु. ५० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हाल अस्थायी रूपमा कटिङ र फिलिङ गरेर यातायात सञ्चालन गरिए पनि दीर्घकालीन पुनर्निर्माणका लागि रु. एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै
ताजा खबरJust now

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै

केही प्रदर्शनकारीले अहिलेको आन्दोलनलाई सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग तुलना गरेका छन् । उनीहरू भन्दै छन्, ‘सरकार काँपिरहेको छ । उसले काँप्न पनिपर्छ, किनकि फ्रान्सेली जनता आक्रोशित हुँदा उनीहरू आन्दोलन... ...

रातोपाटी
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट गिरफ्तार
ताजा खबरJust now

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट गिरफ्तार

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले उनलाई शनिबार ललितपुरबाट गिरफ्तार गरेको हो। प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो।  इनाम सापकोटासँगको कारोबारमा जोडिएपछि उनलाई प्रहरीले नियन्... ...

नेपालखबर
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
ताजा खबरJust now

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । साइबर ब्युरोमा ...

कर्पोरट खबर
पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि
ताजा खबरJust now

पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि

काठमाडौँ । पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड ५० लाख अमेरिकी डलर पुगेको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play