यी हुन एनपीएल सिजन ३ का पाँच आकर्षण

काठमाडौं । एनपीएल अर्थात् ‘फेस्टिभल अफ हिमालयज’ सुरु हुन अब केही दिन मात्र बाँकी छ। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो सिजनको उत्सव सुरु हुँदैछ। एनपीएलको यो तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठूलो उत्सव बन्दैछ। यस पटकको प्रतियोगितामा केही प्रविधी, नयाँ नियम र कार्य हुँदैछ । डीआरएस प्रणाली क्रिकेटमा एउटा गलत निर्णयले सिङ्गो म्याचको नतिजा बदल्न सक्छ। अघिल्ला सिजनहरूमा अम्पायरका निर्णयलाई लिएर उठेका विवादलाई पूर्णविराम दिन नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक डीआरएस अर्थात् ‘डिसिजन रिभ्यु सिस्टम’ भित्र्याएको छ। यो एनपीएलको तेस्रो सिजनको सबैभन्दा ठूलो परिवर्तन हो। डीआरएस प्रणालीअनुसार एलबीडब्लूको निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ, जसले बलको बाउन्स, स्विङ र स्टम्पमा लाग्ने सम्भावनाको रेखाङ्कन गर्छ। ब्याट र बलको सम्पर्क पत्ता लगाउन ‘एज डिटेक्सन’ र साउन्ड वेभ टेक्नोलोजी जडान गरिएको छ। यसका साथै रनआउट, स्टम्पिङ, फ्रन्ट फुट नोबल, वाइडको उचाइ र छक्काको दूरी नाप्न भिडियो रिभ्यु प्रयोग हुनेछ। प्रत्येक टोलीले प्रति इनिङ्स दुईवटा असफल रिभ्युको अधिकार पाउनेछन्। क्यानका सचिव पारस खड्काका अनुसार यो प्रविधि भित्र्याउन करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च हुनेछ। उक्त लागत क्यान र आठवटै फ्रेन्चाइजले सहभुक्तानी गर्ने मोडल बनाइएको छ। यसले म्याचको समय करिब ३० मिनेट बढाउने भएकाले समय व्यवस्थापन गर्न क्यानले प्रारम्भिक रूपमा निकालेको खेलतालिकामा ३० मिनेट थपेको छ। आईसीसीको आधिकारिक मान्यता अक्टोबर १६, २०२६ मा आईसीसीले एनपीएललाई दिएको आधिकारिक मान्यता अर्थात् स्याङ्सन नेपाली क्रिकेटका लागि कोसेढुङ्गा हो। तर यो स्याङ्सन तेस्रो सिजनका लागि मात्र हो। यस मान्यताको अर्थ अब यो सिजनका म्याचले आधिकारिक टी–२० को दर्जा पाएका छन्। अर्थात्, यहाँ बनाइएका रन र लिइएका विकेट खेलाडीको करिअरको आधिकारिक रेकर्डमा गणना हुनेछन्। यसअघि आधिकारिक दर्जा नहुँदा सक्रिय अन्तर्राष्ट्रिय स्टारहरू आउन हिचकिचाउने अवस्था थियो। अब यो समस्या अन्त्य भएको छ। स्याङ्सन नहुँदा फ्रेन्चाइज टोलीहरूलाई टेस्ट राष्ट्रका सक्रिय खेलाडी भित्र्याउन कठिनाइ हुने गर्थ्यो र क्यानले त्यसको व्यवस्थापन गर्न कोटा प्रणाली अपनाएको थियो। तर स्याङ्सनपछि यो समस्या हटेको छ। आईसीसीको एन्टी करप्सन युनिटको निगारानी म्याच फिक्सिङ र भ्रष्टाचार रोक्न आईसीसीको एन्टी करप्सन युनिटले खेलस्थल, ड्रेसिङ रुम र टोलीहरूमा निगरानी राख्नेछ। नियमानुसार, रिटायर्डलगायत सबै विदेशी खेलाडीले आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनैपर्ने अनिवार्य व्यवस्था छ। एनपीएल सुरु हुनुभन्दा छ महिनाअघि कुनै पनि गैरमान्यताप्राप्त निजी लिग खेलेका खेलाडीले यहाँ खेल्न पाउने छैनन्। स्टार खेलाडीको सहभागिता फ्रेन्चाइजहरूले टोलीमा ६ देखि ८ जना विदेशी खेलाडी राख्न पाउनेछन्। प्लेइङ–११ मा अधिकतम चार जना विदेशी खेलाडी तथा कम्तीमा एक जना एसोसिएट राष्ट्रका खेलाडी हुनुपर्ने नियमले प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाएको छ। एनपीएलको पहिलो संस्करणदेखि नै स्टार खेलाडीहरूको आगमनले लिगलाई चर्चाको केन्द्रमा राखेको थियो। पहिलो सिजनमा शिखर धवन र दोस्रो सिजनमा फाफ डु प्लेसिस यसको उदाहरण मात्र हुन्। तर यसपटकको एनपीएलमा जुन स्टारहरूको आगमन हुँदैछ, त्यसले प्रतियोगिताको रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याएको छ। पुष्टि भइसकेका सम्झौताहरू हेर्दा अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ब्याटर डेभिड वार्नर ‘काठमाडौं गोर्खाज’ बाट मैदानमा उत्रनेछन्। वेस्ट इन्डिजका पावर हिटर आन्द्रे रसेललाई ‘विराटनगर किङ्स’ ले भित्र्याएको छ। बंगलादेशका अलराउन्डर शाकिब अल हसन ‘पोखरा एभेन्जर्स’ को टोलीमा आबद्ध छन्। जनकपुर बोल्ट्सले इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निशम दुवैलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। त्यस्तै, पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तर पनि एनपीएलका लागि नेपाल आउँदैछन्। उनी खेलाडीका रूपमा नभई हिमालय स्पोर्ट्सको आधिकारिक ब्रोडकास्टिङमा एनालिस्टको भूमिकामा देखिनेछन्। यी विश्वस्तरीय स्टारहरूको उपस्थितिले नेपाली खेलाडीहरूलाई अनुभव आदानप्रदानको ठूलो अवसर मात्र दिने छैन, विश्वभरका क्रिकेट प्रशंसकको ध्यान पनि एनपीएलतर्फ खिच्नेछ। सान्दार क्रिकेट रंगशालामा खेल यसपटक क्यानले प्रतियोगिताको अवधिभर दर्शकको अनुभवलाई अझ रोमाञ्चक बनाउन पूर्वाधार विकासमा पनि उल्लेखनीय काम गरेको छ। कीर्तिपुरका रुखका हाँगामा झुन्डिएर म्याच हेर्नुपर्ने दिन अब इतिहास बनेका छन्। एनपीएल सिजन ३ का लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले नयाँ रूप लिएको छ। यसपटकको एनपीएलका लागि करिब दुई हजार सिट क्षमता वृद्धि गर्ने, छानासहितको प्यारापिट निर्माण गर्ने र दर्शक बस्नका लागि नयाँ सिटहरू जडान गर्नेलगायतका काम भएका छन्। त्यस्तै, रङ्गशालामा एलईडी स्कोरबोर्ड, डिजिटल पेरिमिटर बोर्ड, निजी डाइनिङ सुविधासहितका खेलाडी डगआउट, मिडिया सेन्टर, छुट्टै फ्यामिली जोन तथा सरसफाइयुक्त शौचालय निर्माण गरिएका छन्। यी निर्माण कार्य सम्पन्न भई प्रयोगका लागि तयार भइसकेका छन्। पूर्वाधारको विकासले खेलाडी र दर्शकलाई मात्र नभई अन्तर्राष्ट्रिय ब्रोडकास्टर र प्रायोजकहरूलाई समेत अन्तर्राष्ट्रियस्तरको अनुभव प्रदान गर्नेछ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो । जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए । दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ । जिल्ला ...

साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएको घटनाप्रति एमालेको दु:ख व्यक्त
काठमाडौँ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दु:ख व्यक्त गरेको छ । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन्। ‘निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटनाहरू ...

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द
काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बैंकले आज सूचना जारी गर्दै वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी दिएको हो । यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीहरू प्राप्त गर्नका लागि बैंकको आधिकारिक सामाजिक सञ्जालमा जोडिन अनुरोध गरिएको छ । राष्ट्र बैंकले ...

ग्राहकको बैंक खातामा एआई एजेन्टको पहुँच रोक्दै अमेरिकी बैंक
काठमाडौं । ग्राहकको बैंक खातामा पहुँच राखेर आफैँ कारोबार गर्न सक्ने कृत्रिम बौद्धिकता एआई एजेन्टमाथि अमेरिकी बैंकहरूले नियन्त्रण कडा बनाउन थालेका छन्। प्रयोगकर्ताको निर्देशनविपरीत कारोबार गर्न सक्ने जोखिम बढेपछि बैंकहरूले तेस्रो पक्षका एआई एजेन्टलाई आफ्नो प्रणालीमा पहुँच दिन रोक लगाउन थालेका हुन्। रोयटर्स र एक्सियोसका रिपोर्टअनुसार ग्राहकले एआई एजेन्टलाई बैंक खाताको लगइन विवरण उपलब्ध गराउने क्रम बढेसँगै बैंकहरू यस्तो प्रविधिको प्रयोगप्रति सतर्क ...


