ग्राहकको बैंक खातामा एआई एजेन्टको पहुँच रोक्दै अमेरिकी बैंक

काठमाडौं । ग्राहकको बैंक खातामा पहुँच राखेर आफैँ कारोबार गर्न सक्ने कृत्रिम बौद्धिकता एआई एजेन्टमाथि अमेरिकी बैंकहरूले नियन्त्रण कडा बनाउन थालेका छन्। प्रयोगकर्ताको निर्देशनविपरीत कारोबार गर्न सक्ने जोखिम बढेपछि बैंकहरूले तेस्रो पक्षका एआई एजेन्टलाई आफ्नो प्रणालीमा पहुँच दिन रोक लगाउन थालेका हुन्। रोयटर्स र एक्सियोसका रिपोर्टअनुसार ग्राहकले एआई एजेन्टलाई बैंक खाताको लगइन विवरण उपलब्ध गराउने क्रम बढेसँगै बैंकहरू यस्तो प्रविधिको प्रयोगप्रति सतर्क बनेका छन्। प्रयोगकर्ताको तर्फबाट डिजिटल काम गर्न बनाइएका एआई एजेन्टले निर्देशनको सीमाभन्दा बाहिर गएर स्वतन्त्र रूपमा निर्णय लिन सक्ने जोखिमले बैंकहरूलाई चिन्तित बनाएको हो। ग्राहकले स्वेच्छाले आफ्नो लगइन आईडी र पासवर्ड उपलब्ध गराएको अवस्थामा त्यस्ता एजेन्टबाट भएका कारोबारलाई स्वतः अनधिकृत भन्न नमिल्ने भए पनि प्रयोगकर्ताको वास्तविक इच्छाविपरीत कारोबार हुन सक्ने जोखिम रहन्छ। यसले ग्राहकको सम्पत्ति सुरक्षा र बैंकिङ प्रणालीप्रतिको विश्वासमा असर पार्न सक्ने देखिएको छ। अमेरिकी वित्तीय संस्था मर्गन स्टान्लीले आफ्नो प्लेटफर्ममा तेस्रो पक्षका एआई एजेन्टलाई पहुँच दिन रोक लगाएको छ। यद्यपि, नियन्त्रणबाहिर गएका वा अनधिकृत एआई एजेन्टका कारण कारोबार भएको घटना अहिलेसम्म फेला नपरेको विषयसँग जानकार एक व्यक्तिलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ। बैंकिङ क्षेत्रका प्रमुख अधिकारीहरूले पनि ग्राहकका तर्फबाट आफैँ निर्णय गरेर काम गर्न सक्ने एआई एजेन्टबाट उत्पन्न जोखिमबारे चासो व्यक्त गरेका छन्। जेपी मोर्गन चेजका प्रमुख कार्यकारी अधिकृत सीईओ जेमी डाइमोनले यस्ता जोखिम व्यवस्थापन गर्न बैंकले आवश्यक उपकरण विकास गरिरहेको बताएका छन्। बाह्य एआई एजेन्टलाई बैंकको प्रणालीमा निर्बाध पहुँच दिन नसकिने उनको भनाइ छ। त्यस्तै, चार्ल्स स्वाबका सीईओ रिचर्ड वर्स्टरले पनि अनधिकृत एआई एजेन्टलाई रोक्न चालिएका कदमबारे बताएका छन्। वित्तीय सेवामा एआई एजेन्टको प्रयोग विस्तार हुँदै जाँदा ग्राहकको पहिचान प्रमाणीकरण, खाताको पहुँच नियन्त्रण र कारोबारको निगरानी थप चुनौतीपूर्ण बन्दै गएको छ। एआई एजेन्टले प्रयोगकर्ताको निर्देशनअनुसार विभिन्न डिजिटल काम स्वचालित रूपमा गर्न सक्छन्। तर बैंक खातामा पहुँच र रकम स्थानान्तरणजस्ता कारोबार गर्ने अधिकार दिँदा एजेन्टले निर्देशन गलत रूपमा बुझ्ने वा अपेक्षाभन्दा बाहिरका काम गर्ने सम्भावना रहन्छ। यही जोखिमलाई ध्यानमा राख्दै अमेरिकी बैंकहरूले तेस्रो पक्षका एआई एजेन्टको पहुँच सीमित गर्ने र कारोबारमाथिको नियन्त्रण बलियो बनाउने नीति अपनाउन थालेका छन्।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

जयशंकरलाई वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?
एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा वाग्लेले जयशंकरलाई विश्व बहुपक्षीयताबाट क्षेत्रीय तथा साना समूहमा आधारित सहकार्यतर्फ गइरहेको हो भन्दै प्रश्न गरेका थिए। ...

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्। सडकमार्ग हुँदै उनी गड्डाचौकी न... ...

माटोको उर्वराशक्तिमा चुनौती, बागमतीमा संकलित ८३ प्रतिशत नमुनामा अम्लीयपन
काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ, मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवरलगायतका व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रमा माटोमा अम्लीयपन बढ्दै गएको प्रयोगशालाले जनाएको छ। ...

फ्राइडे रिलिज : आजदेखि प्रदर्शनमा ‘कबड्डी ५’, चुनौतीमा तीन फिल्म
काठमाडौँ । साताको नयाँ चलचित्र रिलिज हुने परम्परा ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको... ...


