Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना :  ११ जनाको मृत्यु

कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो । जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए । दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनाको विश्लेषण गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ । तीव्र गतिमा चलाएका कारण २० वटा दुर्घटना भएका छन् । कास्कीका गत असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाइते भएका थिए । “असोजमा अन्य महिनाका तुलनामा धेरै दुर्घटना भएको छ । विद्यालय बस दुर्घटनामा धेरै मानवीय क्षति भयो । यसका अलावामा अन्य साना दुर्घटनासमेत गत महिनामा बढी भए । चालकको लापरवाही र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ”, प्रनाउ पासवानले भन्नुभयो । प्रहरीका अनुसार दुर्घटनाका अन्य कारणमा मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण १०, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा दुर्घटना भएका छन् । प्रहरीले असोज महिनामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ३९ लाख ९८ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, विपद्का घटनामा जिल्लामा दुई जनाको मृत्यु भएको छ । सुक्खा पहिरोमा परेर दुई जना पुरुषको ज्यान गएको थियो । असोज महिनामा कास्कीमा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका छन् । अविरल वर्षाका कारण चार घरमा आंशिक क्षति पुगेको छ भने चट्याङका घटनामा तीन चौपायाको मृत्यु भएको छ । यसैगरी प्रहरीले प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा सात वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाएको छ । उक्त कारबाहीबाट रु एक लाख १४ हजार राजस्व सङ्कलन भएको बताइन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

जयशंकरलाई वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?
ताजा खबरJust now

जयशंकरलाई वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा वाग्लेले जयशंकरलाई विश्व बहुपक्षीयताबाट क्षेत्रीय तथा साना समूहमा आधारित सहकार्यतर्फ गइरहेको हो भन्दै प्रश्न गरेका थिए। ...

कान्तिपुर
रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
ताजा खबरJust now

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्।  लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्।  सडकमार्ग हुँदै उनी गड्डाचौकी न... ...

नेपालखबर
माटोको उर्वराशक्तिमा चुनौती, बागमतीमा संकलित ८३ प्रतिशत नमुनामा अम्लीयपन
ताजा खबरJust now

माटोको उर्वराशक्तिमा चुनौती, बागमतीमा संकलित ८३ प्रतिशत नमुनामा अम्लीयपन

काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ, मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवरलगायतका व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रमा माटोमा अम्लीयपन बढ्दै गएको प्रयोगशालाले जनाएको छ। ...

कान्तिपुर
फ्राइडे रिलिज : आजदेखि प्रदर्शनमा ‘कबड्डी ५’, चुनौतीमा तीन फिल्म
ताजा खबरJust now

फ्राइडे रिलिज : आजदेखि प्रदर्शनमा ‘कबड्डी ५’, चुनौतीमा तीन फिल्म

काठमाडौँ । साताको नयाँ चलचित्र रिलिज हुने परम्परा ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play