Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । प्रदर्शनीमा राउटे समुदायका स्थानीय उत्पादन तथा परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माका अनुसार प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई बजार तथा उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराउन लागिएको हो । ‘कृषि यान्त्रीकरणको प्रवर्द्धनसँगै हाम्रो रैथाने सीप, प्रविधि र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धन पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले राउटे समुदायका उत्पादनलाई प्रदर्शनीमा स्थान दिन दुईवटा स्टल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छौँ,’ शर्माले भने । राउटे समुदायलाई प्रदर्शनीमा सहभागी गराउन ‘सोसेक नेपाल’ नामक संस्थाले नेतृत्व तथा समन्वय गर्नेछ । संस्थाको पहलमा राउटे समुदायका प्रतिनिधिहरूलाई प्रदर्शनीमा ल्याई उनीहरूले उत्पादन गरेका परम्परागत तथा स्थानीय सामग्री प्रदर्शन र बिक्रीका लागि राखिनेछ । यसबाट राउटे समुदायको मौलिक सीप, संस्कृति र उत्पादनलाई व्यापक पहिचान दिलाउनुका साथै बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषि यन्त्र र आधुनिक प्रविधिको प्रदर्शनमा केन्द्रित प्रदर्शनीमा रैथाने प्रविधि तथा परम्परागत उत्पादनलाई समेत समेटिनुलाई आयोजकले महत्त्वपूर्ण पक्षका रूपमा लिएको छ । आधुनिक कृषि प्रविधि र परम्परागत ज्ञान तथा सीपबीचको सम्बन्ध स्थापित गर्दै कृषि क्षेत्रको विविधता र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्य यस पहलले राखेको छ । कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजना तथा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा प्रदर्शनी हुन लागेको हो । ‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ । प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रस्तुत गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दक्षिणी चीनमा ट्रम्प, सी र पुटिनबीच अभूतपूर्व शिखर बैठक, के अपेक्षा गर्न सकिन्छ?
Latest NewsJust now

दक्षिणी चीनमा ट्रम्प, सी र पुटिनबीच अभूतपूर्व शिखर बैठक, के अपेक्षा गर्न सकिन्छ?

EPA संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनमा बिहीवार ऐतिहासिक वार्ता गर्दैछन्।तीन देशका शीर्ष नेताहरूको यो पहिलो औपचारिक वार्ता हो।शिखर बैठकअघि अमेरिकी ...

बीबीसी नेपाली
हवाई सम्पर्क विस्तारबारे नेपाल र भारतका उड्डयनमन्त्रीबीच छलफल
Latest NewsJust now

हवाई सम्पर्क विस्तारबारे नेपाल र भारतका उड्डयनमन्त्रीबीच छलफल

भारतीय मन्त्री राममोहन नायडुले हवाई सम्पर्कलाई सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध सुदृढ गर्ने माध्यम भन्दै सहकार्यप्रति प्रतिबद्धता जनाए। ...

कान्तिपुर
हुम्लामा ३९ किलोमिटर सडक कालोपत्रे गर्न दुई अर्बको ठेक्का सम्झौता
Latest NewsJust now

हुम्लामा ३९ किलोमिटर सडक कालोपत्रे गर्न दुई अर्बको ठेक्का सम्झौता

हुम्ला । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमिकोट सडक योजनाको उत्तर खण्डमा ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । बुधबार भएको सम्झौताअनुसार खार्पुनाथदेखि खरिखेतसम्म १८.२ किलोमिटर र खरिखेतदेखि सलिसल्लासम्म २०.८ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिनेछ । झण्डै दुई अर्ब रुपैयाँ लागतमा निर्माण हुने उक्त सडकखण्ड तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत कात्तिक १७ गते ठेक्का स्वीकृत ...

कर्पोरट खबर
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु
Latest NewsJust now

झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी (ट्याक्टर) एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । गए राति २२:४० बजेको समयमामा भएको दुर्घटनामा परी मोटरसाइकलमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play