EPA संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनमा बिहीवार ऐतिहासिक वार्ता गर्दैछन्।तीन देशका शीर्ष नेताहरूको यो पहिलो औपचारिक वार्ता हो।शिखर बैठकअघि अमेरिकी राष्ट्रपतिले सी जिन्पिङ र भ्लादिमिर पुटिनसँगको आफ्नो सम्बन्धबारे विश्वास व्यक्त गर्दै चिनियाँ र रुसी नेता दुवैले 'ट्रम्पलाई माया गर्ने' बताए।बेइजिङले तीन नेताहरूले सेन्जनमा हुने बैठकमा विश्व शान्तिसँग सम्बन्धित विषयमा 'गहिरो विचार' आदानप्रदान गर्ने जनाएको छ। ट्रम्प, पुटिन र सीबीच हुने ऐतिहासिक बैठकले विश्वका लागि के अर्थ राख्छ ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा ऐतिहासिक शिखर वार्ता हुने ह्वाइट हाउसको भनाइ बैठकको पूर्ण अजेन्डा अस्पष्ट छ तर युक्रेन र इरानबिरूद्धका युद्धहरू र परमाणु निःशस्त्रीकरण विषयमा छलफल हुने ठानिएको छ।कतिपय पश्चिमा टिप्पणीकारहरूले विश्वलाई प्रभाव क्षेत्रका आधारमा बाँड्ने नयाँ व्यवस्थाको सङ्केत यी छलफलहरूले गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।बैठकस्थलको रोजाइले दिन खोजेको सन्देश तीनै नेताहरू चीनको दक्षिणी शहर सेन्जनमा आयोजना भइरहेको एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन सम्मेलनमा सहभागी भइरहेका छन् र उनीहरूले हात मिलाइरहेका तस्बिरहरू सार्वजनिक भएका छन्।ट्रम्प, सी र पुटिन तीनैजना बिहीवार सम्मेलनस्थल सेन्जन इन्टरन्याश्नल एक्सचेन्ज सेन्टर पुगेका चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ। AFP via Getty Images सम्मेलनमा सबैको ध्यान त्रिदेशीय शिखर सम्मेलनमा छ। राष्ट्रपति ट्रम्प, राष्ट्रपति सी र राष्ट्रपति पुटिनबीचको बिहीवारको अभूतपूर्व बैठकमा के हुन्छ भन्नेबारे सर्वत्र चासो छ।तीनै नेताहरू शिखर सम्मेलनमा भाग लिन सेन्जनमा अवस्थित किलिअन भिल्लातर्फ जाने छन्। सन् १९९७ मा खोलिएको उक्त सरकारी स्वामित्वको परिसरमा कैयौँ चिनियाँ र विदेशी नेताहरूलाई स्वागत गरिएको छ।डीपउल युनिभर्सिटीकी मिनसीओन कु शिखर सम्मेलनबारेकी विज्ञ हुन्। उनले औपचारिक सम्मेलन स्थलको साटो अलि निजी जस्तो देखिने बैठकस्थल रोज्ने बेइजिङको निर्णयले 'शिखर बैठक भन्दा पनि साइडलाइन अलग्गै महत्त्वपूर्ण (छेको पारेर गरिएको बैठक) आयोजना गरेको जस्तो देखिएको बताइन्।"एपेकको आयोजकको नाताले पनि चीनले एपेक सम्मेलन प्राथमिक कार्यक्रम बनोस् भन्ने चाहन्छ। सी पनि त्यस्तै चाहन्छन्। त्रिदेशीय बैठकले सम्मेलनलाई छायामा नपारोस् भन्ने उनी चाहन्छन्।"एक जना अमेरिकी अधिकारीले बीबीसीलाई बिहीवार राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच पनि छलफल हुने बताएका छन्। ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा ऐतिहासिक शिखर वार्ता हुने ह्वाइट हाउसको भनाइ अमेरिका-चीन व्यापार युद्धमा बेइजिङले खेल्न सक्ने 'पाँच तुरुप' मुख्य अजेन्डा के के हुन सक्छन्? Reuters एपेक सम्मेलनको समयमा अमेरिकाले लगाएको भन्सार शुल्क र त्यसप्रति दुर्लभ खनिजको निर्यात रोकेर चीनले जनाएको प्रतिक्रियाजस्ता विषय पनि चर्चामा छन्। अमेरिका र चीनबीचको संवेदनशिल व्यापार युद्ध स्थगनको अवधि ज्यानुअरीमा समाप्त हुँदै छ।अमेरिका र चीनबीचको प्रविधि प्रतिष्पर्धामा एआई र चिप्स केन्द्रमा छन्। हालैको एनभिडिआ प्रकरणले चीनमा चिप्सहरू तस्करी हुने गरेका आरोपबारे थप छानबिनको परिस्थिति निम्त्याएको छ र अमेरिकाले यसलाई राष्ट्रिय सुरक्षाको सवाल भनिरहेको छ।राष्ट्रपति ट्रम्पले पुटिन र सीसँग ' निःशस्त्रीकरणसहित कैयौँ मुद्दामा' छलफल हुने बताएका छन्। तर चीनले लामो समयदेखि परमाणु निःशस्त्रीकरण बारेका वार्तामा सहभागी हुन अनिच्छा जाहेर गर्दै आएको छ। आफ्नो अस्त्र भण्डार रुस र अमेरिकाको तुलनामा सानो रहेको चीनको भनाइ छ।विज्ञहरूले युक्रेन लडाइँबारे सम्मेलनमा कुनै ठोस निर्णय हुने अपेक्षा गरेका छैनन्। किनभने त्यहाँ परस्पर विरोधी स्वार्थहरू प्रकट हुन सक्छन् र युक्रेन छलफलमा सहभागी छैन्।इरान युद्धबारे चाहिँ त्रिदेशीय वार्तामा छलफल गर्ने इच्छा राष्ट्रपति ट्रम्पले गरेका छन्। मस्को र बेइजिङ औपचारिक रूपमा इरानका साझेदार होइनन् तर उनीहरूले उक्त इस्लामिक गणतन्त्रसँग रणनीतिक साझेदारी कायम राखेका छन्। इरान युद्ध अन्त्य होस् भन्ने चीनको चाहना, तर ट्रम्पले रोजे जसरी होइन नयाँ कानुन लागु हुँदै गर्दा ट्रम्पले हटाए रुसमाथिका केही प्रतिबन्ध तीन नेता कुन मनस्थितिमा छन्? Getty Images बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थनी जर्चर भन्छन् यस्ता खालका 'हाइ प्रोफाइल' कूटनीतिक कार्यक्रमहरू राष्ट्रपति ट्रम्पलाई मन पर्छ।त्रिदेशीय शिखर बैठक आयोजना गर्ने अवधारणा शीतयुद्धकालीन शक्ति राजनीतिबाट प्रभावित रहेका रुसी राष्ट्रपति पुटिनको भएको भनिएको छ। यो बैठकमा सहभागी हुन ट्रम्प उत्साही देखिएका छन्।यो अमेरिकी विदेश नीतिलाई प्रभाव क्षेत्रको पुरानो अवधारणातर्फ फर्काउने ट्रम्पको सोचसँग मेल खान्छ जहाँ शक्तिशाली देशहरू बसेर विश्व व्यवस्थाका नियमहरू बाँकी राष्ट्रहरूका लागि समेत तय गर्छन्।बीबीसीकी चीन संवाददाता लौरा विकरका अनुसार अभूतपूर्व राजनीतिक क्षणमा राष्ट्रपति सी उक्त शिखर बैठकका लागि तयार भएका हुन्। युद्धमा फसेका र त्यसलाई अन्त्य गर्न सङ्घर्ष गरिरहेका दुई नेतालाई यसरी स्वागत गर्नु सीका लागि आफ्नो शक्ति र प्रतिष्ठा देखाउने मौका हो।तर धेरै विषय रहेको र तयारीका लागि पर्याप्त समय नरहेकाले ठोस उपलब्धिहरू हासिल हुनेमा विज्ञहरूले आशङ्का व्यक्त गरिरहेका छन्।राष्ट्रपति पुटिन चाहिँ सी र ट्रम्पसँगको त्रिदेशीय बैठकबाट 'ठूलो सम्भावित लाभ' को अपेक्षा गरेका छन्। बीबीसीका रुस सम्पादक स्टिभ रोजेनवर्ग भन्छन् - क्रेम्लिनका नेतालाई अहिले नै फाइदा भइसकेको छ। कतिपय रुसी समाचारपत्रहरूले सम्मेलन आयोजना हुनुलाई मात्र पनि 'कूटनीतिक जीत' भनिरहेका छन्।सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण थालेपछि पुटिन बहिस्कृत जस्तो बनेका थिए। पश्चिमा नेताहरूले उनलाई एक्ल्याउने प्रयास गरेका थिए। तर सन् २०२६ सम्म आइपुग्दा उनी विश्वका सर्वाधिक दुई शक्तिशाली नेताहरूसँग संयुक्त बैठकमा बस्दै छन्। मध्यावधि निर्वाचनको नतिजाका कारण ट्रम्पको शक्ति अमेरिकाभित्र 'खुम्चिन सक्छ', तर बाँकी विश्वमा के होला अमेरिका-इरान सम्झौताले उठाएको पन्छाउन नसकिने प्रश्न - युद्ध केका लागि थियो? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
दक्षिणी चीनमा ट्रम्प, सी र पुटिनबीच अभूतपूर्व शिखर बैठक, के अपेक्षा गर्न सकिन्छ?

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






