Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

मटान कहाना इजरायलको सभामुख निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
मटान कहाना इजरायलको सभामुख निर्वाचित
Photo / Coverage: केन्द्रबिन्दु

जेरुसलेम । इजरायली संसद्ले मङ्गलबार मटान कहानालाई सभामुख निर्वाचित गरेको छ। कहाना विपक्षी नेता गदी आइजेन्कोटको खेमाका प्रमुख नेता हुन्, जसले प्रधानमन्‍त्री बेन्जामिन नेतान्याहूलाई सत्ताच्युत गराएर नयाँ सरकार गठन गर्ने कसरत गरिरहेका छन्। भर्खरै सम्पन्न निर्वाचनमा नेतान्याहू र उनका सहयोगीहरूले संसद्मा आफ्नो बहुमत गुमाइसकेका छन्। एक सय बीस सदस्यीय संसद्मा भएको यस मतदानमा यहूदी र अरब दुवैतर्फका विपक्षी दलहरूको समर्थन जुटाउँदै कहानाले ६६ मत प्राप्त गरे । सात घण्टाभन्दा लामो समयसम्म चलेको चर्को बहसपछि नेतन्याहू समर्थित उम्मेदवार ओफिर काट्ज़ले भने ५२ मत मात्रै प्राप्त गर्न सके । यो कदमलाई निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारद्वारा अघि सारिएका विवादास्पद नीतिहरूलाई उल्ट्याउने दिशामा एक ठूलो र महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ। संसद्का नयाँ सभामुखको रूपमा पहिलो मन्तव्य राख्दै मटान कहानाहले मेलमिलापको नीति अपनाउने बताए। उनले फरक-फरक विचार र राजनीतिक मतभेद भए पनि राज्यका संस्था तथा एक-अर्काको सम्मान गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे। अक्टोबर २७ मा भएको निर्वाचनपछि राष्ट्रपतिले आइजेन्कोटलाई सरकार गठनका लागि औपचारिक जिम्मेवारी दिएका छन्। आइजेन्कोटले कहानाको विजयलाई लोकतन्त्रको जित भन्दै स्वागत गरेका छन्। गठबन्धनका लागि आइजेन्कोटका सामु अझै केही साताको समय बाँकी छ। यसैबीच, सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्ने विषयले संसद्मा फेरि तीव्रता पाएको छ। नेतान्याहूमाथि यस घटनाको जिम्मेवारीबाट पन्छिन खोजेको गम्भीर आरोप लाग्दै आएको छ। एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनको ओडेसामा रूसी आक्रमण, चार जनाको मृत्यु
Latest NewsJust now

युक्रेनको ओडेसामा रूसी आक्रमण, चार जनाको मृत्यु

काठमाडौं– युक्रेनको दक्षिणी सहर ओडेसाको ऐतिहासिक केन्द्रमा बुधबार रूसले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा रूसी सेनाले तीन पटक हवाई हमला गरेको क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिएका छन् । उनका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । युद्ध सुरु भएयता ...

विश्वखबर
नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता
Latest NewsJust now

नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ । 'राष्ट्रहरुको स्वतन्त्रताका लागि' रुसको राजधानी मस्कोमा त्यहाँको सत्तारुढ दल युनाइटेड रसियाद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सफलतापुर्वक भाग लिएर पूर्व प्रधानमन्त्री एवम् नेकपा संयोजक पुष्पकमल दाहाल'प्रचण्ड' आज बिहान स्वदेश फिर्ता... ...

रातोपाटी
नदीकिनारबाट विस्थापित सुकुमवासीको व्यवस्थापन प्रक्रिया अघि बढाउन ३२ जिल्लालाई परिपत्र
Latest NewsJust now

नदीकिनारबाट विस्थापित सुकुमवासीको व्यवस्थापन प्रक्रिया अघि बढाउन ३२ जिल्लालाई परिपत्र

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका नदीकिनारबाट हटाइएका तथा विस्थापित भएका भूमिहीन दलित र सुकुमवासी परिवारको व्यवस्थापन प्रक्रिया अघि बढाउन देशका ३२ जिल्लाका स्थानीय तहलाई परिपत्र गरेको छ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि समस्या समाधान समितिको पत्रका आधारमा कोशी, मधेस र बागमती प्रदेशका ३२ जिल्लाका स्थानीय तहलाई मङ्गलबार परिपत्र गरेको हो । अधिकारसम्पन्न बागमती सभ्यता ...

विश्वखबर
ऊर्जामन्त्रीको निर्देशनमा सरकारी कम्पनीसँग एक हजार मेगावाटको पीपीए प्रक्रिया सुरु
Latest NewsJust now

ऊर्जामन्त्रीको निर्देशनमा सरकारी कम्पनीसँग एक हजार मेगावाटको पीपीए प्रक्रिया सुरु

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सरकारको स्वामित्वमा रहेका कम्पनीहरूसँग विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अगाडि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका आयोजनाहरूका लागि सम्झौता गर्न लागेको हो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सरकारी कम्पनीहरूसँग पीपीए गर्ने तयारी पूरा भएको छ र यसै हप्ताभित्र प्राधिकरणको बोर्ड बैठकबाट औपचारिक निर्णय गरिनेछ। सम्झौता ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play