Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव
Photo / Coverage: पर्दाफास

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिएका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । दाहालले प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विगतमा भएका सहमति तथा समझदारीलाई कार्यान्वयनमा लैजानुपर्ने बताए। आफू प्रधानमन्त्री हुँदा अघि बढाएका कामलाई वर्तमान प्रधानमन्त्रीले निष्कर्षमा पुर्‍याउने अपेक्षा गरेको उनको भनाइ छ । विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई टुंगोमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए । आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सहमति हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै त्यसलाई निष्कर्षमा पुर्‍याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने उनले बताए । त्यस्तै विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सहमति र कृषि क्षेत्रको विकासका लागि भएका समझदारीलाई पनि कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ । दाहालले वर्तमान सरकारलाई राम्रो काममा आफ्नो पार्टीको समर्थन रहने र गलत काम गरे आलोचना गर्ने स्पष्ट पारे। प्रधानमन्त्री साहले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुरा जनताले मूल्यांकन गरिरहेको उल्लेख गर्दै उनले सरकारलाई सकारात्मक काम गर्न आग्रह गरे। उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर छलफल हुनुपर्छ । नेपाल–भारत सम्बन्धमा मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा अघि बढाएका कामहरूलाई पूर्णता दिन म आग्रह गर्दछु । विशेषगरी पञ्चेश्वर परियोजनालाई अन्तिम निष्कर्षमा पुर्‍याउने, विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सहमति कार्यान्वयन गर्ने र कृषि विकाससम्बन्धी समझदारीहरू अघि बढाउने अपेक्षा गरेको छु । प्रधानमन्त्रीले राम्रो काम गर्नुभयो भने हाम्रो सहयोग रहन्छ, तर राष्ट्रिय हितविपरित काम भएमा हामी आलोचना गर्छौँ । राम्रो काममा हाम्रो साथ र गलत काममा खबरदारी रहन्छ ।’ उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार
OthersJust now

पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । ...

अनलाइन खबर
द रियल जेम्स बन्ड !
OthersJust now

द रियल जेम्स बन्ड !

जेम्स बन्ड आफैलाई पानी धेरैपछि मात्र थाहा भएको थियो कि इयन फ्लेमिङको बन्डको पात्र उनकै नामबाट आएको थियो। इयनको अनुसार उनीलाई एकदम साधारण नाम चाहिएको थियो र त्यस बेला बन्डको कामको प्रशंसकको रूपमा पनि उनलाई त्यही नाम राख्न उचित लाग्यो। ...

अनलाइन खबर
पोखरा घुम्न आएकी ग्रिसकी नागरिक तिलहरी चोरी आरोपमा पक्राउ
OthersJust now

पोखरा घुम्न आएकी ग्रिसकी नागरिक तिलहरी चोरी आरोपमा पक्राउ

३ मंसिर, पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरेको आरोपमा प्रहरीले ग्रिसकी नागरिकलाई पक्राउ गरेको छ । पर्यटकका रूपमा नेपाल आएकी काल्लीपी स्टेफानलाई चोरीको गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनी नोभेम्बर १२ तारिख (कात्तिक २६ गते) मात्रै नेपाल घुम्न आएकी थिइन् । पोखरा घुम्ने क्रममा उनले कात्तिक २९ गते पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित… ...

अनलाइन खबर
अध्यागमन कडाइ नीतिले बेलायतमा घटे नेपाली विद्यार्थी
OthersJust now

अध्यागमन कडाइ नीतिले बेलायतमा घटे नेपाली विद्यार्थी

३ मंसिर, लन्डन । बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लोकप्रिय गन्तव्यहरूमध्ये एक मानिन्छ । तर, सरकारको कठोर अध्यागमन नीतिका कारण अहिले यहाँ आउने विदेशी विद्यार्थी क्रमशः घट्न थालेको तथ्यांकले देखाएका छन् । बेलायत पढ्न आउने नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा ठूलो गिरावट आएको छ । बेलायती गृह मन्त्रालय (होम अफिस) का अनुसार, यस वर्ष अक्टोबर २०२६ अन्त्यसम्म… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play