काठमाडौं– युक्रेनको दक्षिणी सहर ओडेसाको ऐतिहासिक केन्द्रमा बुधबार रूसले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा रूसी सेनाले तीन पटक हवाई हमला गरेको क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिएका छन् । उनका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । युद्ध सुरु भएयता रूसी सेनाले यहाँका बन्दरगाह पूर्वाधार र मालवाहक पानीजहाजलाई लक्षित गरी निरन्तर आक्रमण गर्दै आएको छ । रुसले युक्रेनको समुद्री मार्गबाट हुने कृषि उत्पादन निर्यातलाई कमजोर बनाउने उद्देश्यले दक्षिणी बन्दरगाहमा आक्रमण गर्दै आएको बताइएको छ । यसैबीच, युक्रेनले पनि रुसी आक्रमणको जवाफमा प्रत्याक्रमण तीव्र बनाएको छ । पछिल्लो समय युक्रेनी आक्रमणबाट रूसलाई क्रिमिया प्रायद्वीपसँग जोड्ने महत्वपूर्ण पुलमा क्षति पुगेको थियो । युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले रूसी आक्रमणको जवाफ दस गुणा शक्तिशाली हुने चेतावनी दिएका छन् ।
युक्रेनको ओडेसामा रूसी आक्रमण, चार जनाको मृत्यु

Read Complete Original Article
Published originally on विश्वखबर






