काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी (ट्याक्टर) एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । गए राति २२:४० बजेको समयमामा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार पहिचान खुल्न नसकेका दुवै जनाको मृत्यु भएको झापाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । डीएसपी थापाका अनुसार ठक्कर दिन ट्याकटर चालक भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ । मृतक दुवै जनाको शव प्रादेशिक अस्पतालल भद्रपुर पठाइएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






