Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

हुम्लामा ३९ किलोमिटर सडक कालोपत्रे गर्न दुई अर्बको ठेक्का सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुम्लामा ३९ किलोमिटर सडक कालोपत्रे गर्न दुई अर्बको ठेक्का सम्झौता
Photo / Coverage: कर्पोरट खबर

हुम्ला । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमिकोट सडक योजनाको उत्तर खण्डमा ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । बुधबार भएको सम्झौताअनुसार खार्पुनाथदेखि खरिखेतसम्म १८.२ किलोमिटर र खरिखेतदेखि सलिसल्लासम्म २०.८ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिनेछ । झण्डै दुई अर्ब रुपैयाँ लागतमा निर्माण हुने उक्त सडकखण्ड तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत कात्तिक १७ गते ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको थियो । हुम्लाका अधिकांश बस्ती नदी करिडोर आसपासमा रहेकाले सडक स्तरोन्नति र कालोपत्रे भएपछि जिल्लाको सडक सञ्जालमा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको पूर्वाधार विकास मन्त्रालयले उल्लेख गरेको छ । The post हुम्लामा ३९ किलोमिटर सडक कालोपत्रे गर्न दुई अर्बको ठेक्का सम्झौता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने
Latest NewsJust now

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए । उनले यसै हप्ताभित्र प्राधिकरण ...

कर्पोरट खबर
प्रमको भारत भ्रमण र जनअपेक्षा
Latest NewsJust now

प्रमको भारत भ्रमण र जनअपेक्षा

नेपाल र भारत दुवै देशका जनताको वृहत्तर हितलाई ध्यानमा राख्दै द्विपक्षीय सम्बन्धलाई पुनर्संयोजन गरी नयाँ उचाइमा पुर्‍याउन गम्भीर देखिएका छन् । विशेष गरी नेपालमा वालेन्द्र शाहको नेतृ... ...

गोरखापत्र
जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा
Latest NewsJust now

जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा

निर्माण कार्य सकिएको ८ बर्षपछि सबै विवाद सल्टाएर बसपार्कदेखि गाडीहरु छुट्न थालेपछि सदरमुकाम खलंगाका सडकहरूमा पार्किङ गर्नुपर्ने बाध्यता हटेको हो । ...

कान्तिपुर
एसिया-प्रशान्त सहयोगका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा
Latest NewsJust now

एसिया-प्रशान्त सहयोगका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण र डेटा व्यवस्थापनलाई नियन्त्रण गर्ने नियमहरूलाई समर्थन गरेका छन्। चीनको सेन्जेनमा बुधबारदेखि जारी एपेक शिखर सम्मेलनका अवसरमा चीनका राष्ट्रपति सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play