यातायात सहजतासँगै लाङटाङमा बढे पर्यटक

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो । यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए । यातायातको सहजतासँगै पर्यटकहरू आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उनको भनाइ छ । सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि लाङटाङ पुग्न सकिन्छ । अहिले धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने वैकल्पिक मार्ग तय गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने पर्यटकीय क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
काठमाडाैँ। अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएकाे आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्। उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ। राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो। उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क ...

दसैँमा जमरा पनि बिक्रीमा, स्वयम्भूमा किन्नेको चहलपहल
काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल ...

विदेशी पर्यटकले लगाए दसैँको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए (तस्बिरहरू)
चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन्। नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै... ...
![विदेशी पर्यटकले सौराहामा लगाए दशैँको टीका र जमरा [भिडियो]](https://hamrakura.com/uploads/news/images/dasai-paryatak.jpg)
विदेशी पर्यटकले सौराहामा लगाए दशैँको टीका र जमरा [भिडियो]
सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादशैं मनाएका छन्। ...


