हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

काठमाडाैँ। अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएकाे आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्। उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ। राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो। उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क डट कम’ नामक अनधिकृत वेबसाइट सञ्चालन गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार उक्त वेबसाइटबाट पाँच हजार २०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरिएको थियो। ती लेबलका कारण अमेरिकी हुलाक सेवाले राजस्व गुमाउनुका साथै ढुवानी खर्चसमेत बेहोर्नुपरेको थियो। पाकिस्तानी अनुसन्धानकर्ताहरूका अनुसार अकरमले व्यवसाय सञ्चालन गर्न आफ्ना भाइ, पत्नी, बहिनी र काकीसहित परिवारका सदस्यका १६ वटा बैंक खाता प्रयोग गरेका थिए। उनलाई अमेरिकामा सुपुर्दगी गरिने वा पाकिस्तानमै मुद्दा चलाइने भन्ने स्पष्ट भइसकेको छैन।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान
लन्डन।लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई दान गरिएको छ। यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्ट तथा त्यसको मौलिक संरचना र वातावरणलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने अपेक्षा गरिएको छ। फ्रान्सेली क्रान्तिपछि युरोपमा उथलपुथल चलिरहेका बेला थोमस रूलले सन् १७९८ मा ‘रूल्स’ नामक रेस्टुरेन्टलाई ओइस्टर बारका रूपमा स्थापना गरेका थिए। त्यसयता ...

मुस्लिम मुलुक मोरक्कोमा पहिलो महिला प्रधानमन्त्री : एल मन्सुरीसामु कस्ता छन् चुनौती?
मोरक्कोका राजा मोहम्मद छैटौँले फातिमा जाहरा एल मन्सुरीलाई देशको पहिलो महिला प्रधानमन्त्री नियुक्त गरेपछि महिलाले सर्वोच्च राजनीतिक पद सम्हाल्न मिल्ने वा नमिल्ने भन्ने बहस फेरि सुरु भएको छ। राजाको निर्णयलाई... ...

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउन्डर महेदी हसन अनुबन्धित
काठमाडाैँ। बंगलादेशका आक्रामक अलराउन्डर महेदी हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्समा आबद्ध भएका छन्। बंगलादेशका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका महेदी हाल आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ... ...

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह
अल्बानिया।अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्। तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ। उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहम भन्दा दुई दिन जेठी हुनेछिन्। क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ। दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ...


