११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

अल्बानिया।अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्। तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ। उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहम भन्दा दुई दिन जेठी हुनेछिन्। क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ। दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देखेकी छन्। राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उनी फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्थिन्। “जीवन सुन्दर छ, माउन्ट टोमोर जस्तै फुलेको छ”, उनले मुस्कुराउँदै भनिन्। उनको विश्वास छ, “भगवानले जति समय बाँच्न लेख्नु भएको छ, मानिस त्यतिन्जेल बाँच्छ।” उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन्। सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ। उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औंल्याएको थियो। मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उनी जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए। त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो। यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ। मार्रा अझै बिहान उठेर आँगन सफा गछिैन्, फूलमा पानी हाल्छिन् र कफी पिउनुअघि कुखुरालाई दाना दिन्छिन्। छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्छिन् र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्छिन्। छोराका अनुसार उनको स्वास्थ्य राम्रो छ र उनले कहिल्यै औषधि लिएकी छैनन्। श्रीमानको निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनी सँगै बिताएका दिन सम्झेर मुस्कुराउँछिन्। परिवारले मिलाइ दिएको विवाह मायालु रहेको उल्लेख गर्दै उनले भनिन्, “नत्र म उहाँसँग सात सन्तान कसरी जन्माउन सक्थें र ?” मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देखेकी छन्। आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उनी भावुक बन्छिन्, तर परिवारका सदस्य घर आउँदा खुसी हुन्छिन्। “मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु”, उनले भनिन्। युवावस्थाको सम्झनाका रूपमा उनीसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ। उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो। –रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

यू–१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले घरेलु मैदानमा खेल्ने
काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार विश्वकपका खेलहरु नेपाल र बंगलादेशमा हुनेछन् । १६ टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेष्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र ...

जमिनमुनिको पानी भण्डार रित्तिँदै: बढ्दो तापक्रमले निम्त्याउँदै महाविपत्ति
काठमाडौँ । विगत केही दशकयता नेपालको दक्षिणवर्ती तराई भूभागमा अत्यधिक जल दोहन र न्यून पुनर्भरनका कारण जमिनमुनिको पानीको तह निकै गहिरो पुगेको एक विश्वव्यापी अध्ययनले देखाएको छ।विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेस २०२५’ प्रतिवेदनअनुसार नेपालको तराई भूभागका साथै उत्तर-पश्चिम भारत र गङ्गा-सिन्धु जलाधारको माथिल्लो क्षेत्रमा अत्यधिक जल दोहन र न्यून पुनर्भरनका कारण जमिनमुनिको ...

उपराष्ट्रपति यादवद्वारा बडादसैँको टीका ग्रहण
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरूलाई पनि टीका प्रदान गरेका थिए । ...

४० कट्नुभयो ? स्टाइलिस देखिने मन भए उपयोगी हुन सक्छन् यी १० टिप्स
उमेरले फेसन र सौन्दर्यको रुचि सीमित गर्दैन, आफूलाई सुहाउने पहिरन, मेकअप र शैली अपनाएर स्टाइलिस अनि स्मार्ट देखिन सकिन्छ । ...


