Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा। यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् । जिल्ला सदरमुकाम धुन्चे तथा स्याफ्रूबेँशीबाट दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ । धुन्चेबाट ठूलो र सानो भार्खू, ब्राबल, ठूलो स्याफ्रू, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने होटल सञ्चालक लामाको भनाइ छ । लाङटाङ क्षेत्र घुम्न जाने पर्यटकका लागि असोज र कात्तिक महिना अनुकुल भएको बताउँदै उनले भने, “अहिले यस क्षेत्रमा कुनै समस्या छैन, अतिथि सत्कारका लागि स्थानीय होटल व्यवसायी तयारी अवस्थामा छन् । अब ढुक्क भई लाङटाङ क्षेत्र घुम्नुहोस्, आनन्द लिनुहोस् ।” गोसाईँकुण्ड गाउँपालिका–४ स्थित निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीयस्थल लाङटाङका वडाअध्यक्ष डुण्ढु ज्याङ्वा तामाङले सङ्घीय राजधानी काठमाडौँबाट नजिकको सुन्दर, शान्त र रमणीय लाङटाङ क्षेत्रको भ्रमण गर्न अनुरोध गर्दै पर्यटकको सेवामा स्थानीय सरकार र निकुञ्ज परिवार रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

अस्ट्रेलियामा वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने  २१ कम्पनीलाई २९ लाख डलर जरिवाना
ताजा खबरJust now

अस्ट्रेलियामा वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने  २१ कम्पनीलाई २९ लाख डलर जरिवाना

काठमाडौं- अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समय सीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् । अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) ले बुधबार दिएको जानकारीअनुसार प्रत्येक कम्पनीले एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना बुझाएका हुन् । यी कम्पनीले सन् २०२५ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको ...

विश्वखबर
आईसीसीबाट एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता
ताजा खबरJust now

आईसीसीबाट एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग तेस्रो संस्करणका सम्पूर्ण खेललाई मान्यता प्रदान गरेको छ।  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बुधबार विज्ञप्ति जारी गरी उक्त जानकारी गराएका हुन्। ‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हने तेस्रो सं... ...

नेपालखबर
भोटेकोशी बाढीपछि बुबाको पत्तो छैन, बालक सोध्छन् – ‘दशमीयोमे पापा घर किया नइँ एलै?’
ताजा खबरJust now

भोटेकोशी बाढीपछि बुबाको पत्तो छैन, बालक सोध्छन् – ‘दशमीयोमे पापा घर किया नइँ एलै?’

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर अजयकुमार यादवको परिवार करिब दुई महिनादेखि उनको पर्खाइमा छ । बुबाको बाटो हेर्दै साढे चार वर्षीय छोरा सोध्छन्, ‘दशमीयोमे पापा घर किया नइँ एलै?’ उता डीएनए परीक्षणको रिपोर्ट नआउँदा परिवार अन्योलमा छ । ...

कान्तिपुर
थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा पुनः सुरु
ताजा खबरJust now

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा पुनः सुरु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शन गरी टीका ग्रहण गर्ने परम्परा पुनः सुरु भएको छ। स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारीको दर्शन गर्ने परम्परा ६२ वर्षपछि पुनः सुरु भएको हो। यस वर्ष मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो। उनलाई आज आदर्शस्थित लायकु दरबारमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play