अस्ट्रेलियामा वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने २१ कम्पनीलाई २९ लाख डलर जरिवाना

काठमाडौं- अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समय सीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् । अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) ले बुधबार दिएको जानकारीअनुसार प्रत्येक कम्पनीले एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना बुझाएका हुन् । यी कम्पनीले सन् २०२५ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको वित्तीय प्रतिवेदन तोकिएको समयसीमा अर्थात् अक्टोबर ३१ भित्र बुझाउनुपर्ने थियो । तर प्रतिवेदन बुझाउन ढिलाइ गरेपछि उनीहरूलाई जरिवाना गरिएको आयोगले जनाएको छ । जरिवाना तिर्ने कम्पनीहरूमा भिसी इन्डस्ट्रिज अस्ट्रेलिया, भिसी प्याकेजिङ र प्राट कन्सोलिडेटेड होल्डिङ्सलगायत रहेका छन् । आयोगकी आयुक्त केट ओरुर्कले यस कारबाहीले वित्तीय प्रतिवेदनसम्बन्धी नियम पालना गराउन नियामक निकाय प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताइन् । वित्तीय प्रतिवेदन समयमै बुझाउनु कम्पनीहरूको नियामकीय दायित्व हो । यस कारबाहीमार्फत आयोगले निर्धारित समयसीमाको पालना सुनिश्चित गर्न र कम्पनीहरूलाई जवाफदेही बनाउन खोजेको जनाएको छ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको […] ...

कतै दसैंको रौनक, कतै शोकको सन्नाटा
बाढीले घरबार र आफन्त गुमाएका परिवारका लागि यस वर्षको दसैं पीडा र बिछोडको सम्झनामा बितेको छ । नुवाकोट, रसुवा र गोरखाका प्रभावित बस्तीमा प्रियजनको अभाव र गाउँको सुनसानले दसैंको खुसीसमेत खोसेको छ । ...

पोखरा एभेन्जर्समा बङ्गलादेशी अलराउन्डर मेहदी हसन अनुबन्धित
काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आज सामाजिक सञ्जालमार्फत हसनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। आइसिसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौँ स्थानमा रहेका हसनले एनपिएलमा पोखराको जर्सी लगाउनेछन्। ३१ वर्षीय हसनले बङ्गलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा ७८ र एकदिवसीयमा ...

दसैँको टीका : कतै रौनक, कतै सुनसान
काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर... ...


