पोखरा एभेन्जर्समा बङ्गलादेशी अलराउन्डर मेहदी हसन अनुबन्धित

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आज सामाजिक सञ्जालमार्फत हसनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। आइसिसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौँ स्थानमा रहेका हसनले एनपिएलमा पोखराको जर्सी लगाउनेछन्। ३१ वर्षीय हसनले बङ्गलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन्। उनले बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा विभिन्न छ टोलीबाट खेलिसकेका छन्। एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ। पोखराले यसअघि बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१० बजे १० समाचार : दसैँको पहिलो दिन यस्ता छन् आजका प्रमुख समाचार
१. स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गथ्र्यो । ‘विदेशी ब्रान्ड’ भन्नासाथ आँखा चिम्लिएर विश्वास... ...

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले... ...

यसपालि दसैँको टीका : कतै चहलपहल, कतै सुनसान
आज विजयादशमी। निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन घरआँगन आफन्तले भरिएका छन्। कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन्। कतै पिङको मच्चाइ छ। धेरैका लागि दसैँ उमङ्ग, भेटघाट र मिठोमसिनो खाने पर्व बनेको छ। गाउँबस्ती र सहरका टोल टोलमा दसैँका गीत गुञ्जिरहेका छन्। &ls... ...

पुर्ख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ
काठमाडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले पुर्ख्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै यस वर्षको बडादसैँ मनाएका छन् । वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ... ...


