मुगु। मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७ स्थित टोप्लाको जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार दुर्घटनामा जिपमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौँको कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्। दुर्घटनामा जिप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। उनीहरू दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
मुगुमा जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






