Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
Photo / Coverage: कर्पोरट खबर

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप आइतबार अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ की ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको छ । जिपमा चालकसहित पाँच जना सवार थिए । दुर्घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । The post मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समूह सुुदृढीकरण र नेतृत्व विकास तालिम सम्पन्न
Latest NewsJust now

समूह सुुदृढीकरण र नेतृत्व विकास तालिम सम्पन्न

नगेन्द्र सापकोटा भक्तपुुर, कात्तिक २९ गते । भक्तपुुरको सूूर्यविनायक नगरपालिका वडा नंं ७ गुुण्डूूस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले अन्तर समूूह सृदृढीकरण तथा नेतृत्व विका... ...

गोरखापत्र
छठ पर्वको साँझ आकाशबाट यस्तो देखियो कमलपोखरी, तस्बिरहरू
Latest NewsJust now

छठ पर्वको साँझ आकाशबाट यस्तो देखियो कमलपोखरी, तस्बिरहरू

काठमाडाैँ । छठ पर्वको अवसरमा काठमाडौंको कमलपाेखरी झिलिमिली देखिएकाे छ। छठ पर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका सामग्रीसहित नदी किनारमा पुगेका व्रतालुहरूले सूर्यको उपासना गर्दै... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमण : आर्थिक सहकार्यमा नयाँ अध्याय खुल्ने निजी क्षेत्रको अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : आर्थिक सहकार्यमा नयाँ अध्याय खुल्ने निजी क्षेत्रको अपेक्षा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी भइरहेको छ । आगामी मंसिर ७ देखि ९ गते (नोभेम्बर २३ देखि २५) सम्म हुने भ्रमणमा निजी क्षेत्रको पनि सहभागिता रहने... ...

रातोपाटी
आज दिनभर देशमा कहाँ के भयो ?
Latest NewsJust now

आज दिनभर देशमा कहाँ के भयो ?

१–छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै गौरीघाट पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले गरे छठी माताको पूजा, छठ मनाउन मधेश झरे कांग्रेस सभापति गगन थापा, सर्लाहीहुँदै वीरगञ्ज पुग्ने कार्यक्रम २–जनकपुर–अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन हुने,प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने ३–कांग्रेस महाधिवेशनताका क्षति पुगेको दुबो हटाएर खुलामञ्चमा मर्मतसम्भार र नयाँ दुबो रोपिँदै, पुन:रोपणपछि खुलामञ्चको हरियाली ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play