Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। टर्कीको एन्टाल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकल : हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षक’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटन सत्रको समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार पारिरहेको जानकारी दिए। छलफलका क्रममा मन्त्री पोखरेलले जलवायु सङ्कटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरे। एकातर्फ हिमालमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक तापक्रम (हिट वेभ) का कारण पठनपाठन अवरुद्ध भइरहेको छ भने अर्कोतर्फ विगतमा विपद् जोखिम मूल्याङ्कन नगरी निर्माण गरिएका भौतिक संरचना असुरक्षित बनेको उनले उल्लेख गरे। केही महिनाअघि नेपालमा नदीको सतह सामान्य उचाइभन्दा निकै माथिसम्म पुग्दा केही सेकेन्डमै बस्ती र विद्यालय भवनमा क्षति पुगेको उदाहरण दिँदै उनले अब यस्ता जोखिमको मूल्याङ्कनमा आधारित पूर्वाधार विकास अपरिहार्य भएको बताए। उनले बाढीबाट पुरिएका विद्यालय तथा बस्तीको अवस्थासम्बन्धी तस्बिर प्रस्तुत गर्दै जोखिमको अवस्था प्रस्ट्याएका थिए। यसै सन्दर्भमा यसअघि काठमाडौं महानगरपालिकाका ९० वटा विद्यालयमा गरिएको सफल परीक्षण (पाइलट परियोजना) बाट प्राप्त सिकाइका आधारमा हाल देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम तथा राष्ट्रिय भवन संहिताअनुसार न्यूनतम ६० प्रतिशत खुला क्षेत्र भए–नभएको विषयमा विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए। उक्त अध्ययनपछि तयार हुने गुरुयोजनाले सुरक्षित विद्यालय निर्माण गर्नुका साथै राज्यको स्रोतसाधनको समेत दिगो व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो। जलवायु परिवर्तनको दीर्घकालीन प्रभावबाट विश्वका कुनै पनि सभ्यता अछुतो नरहने भएकाले वैचारिक विभाजनभन्दा माथि उठेर शैक्षिक तथा वैज्ञानिक सहकार्यमार्फत विश्व समुदाय एकजुट हुनुपर्नेमा उनले जोड दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचण्डले गरे मस्कोमा ‘राष्ट्रहरूको स्वतन्त्रता’ विश्व सम्मेलनलाई सम्बोधन
Latest NewsJust now

प्रचण्डले गरे मस्कोमा ‘राष्ट्रहरूको स्वतन्त्रता’ विश्व सम्मेलनलाई सम्बोधन

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं संघीय संसद् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसको राजधानी मस्कोमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनलाई आइतबार सम्बोधन... ...

रातोपाटी
मुगुमा जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
Latest NewsJust now

मुगुमा जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते

मुगु। मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७ स्थित टोप्लाको जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार दुर्घटनामा जिपमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु ...

नेपालन्युज
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर छठ पर्व मनाइयो
Latest NewsJust now

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर छठ पर्व मनाइयो

काठमाडौं । सूर्य उपासना तथा आराधनाको महापर्व छठ देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छ । छठ पर्वको तेस्रो दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पर्व मनाएका हुन् । छठको पहिलो दिन नहाय–खाय र दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य ...

हिमालय टाइम्स
सुर्खेतबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
Latest NewsJust now

सुर्खेतबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाण्डु – सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतबार मुगुको छायानाँथ रारा नगरपालिका–७ टोप्लास्थित कच्ची सडक खण्डमा बा१७च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार यात्रुबाहक गाडी सडकबाट अन्दाजी ६०० मिटर तल खसेको छ । दुर्घटनामा काठमाण्डुको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play