Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । नेपालको पहिलो व्यवसायिक केबलकार ‘मनकामना केबलकार’ आफ्नो २८औँ वर्षको सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । विसं. २०५५ साल मङ्सिर ८ गते (सन् १९९८ नोभेम्बर २४) देखि सञ्चालनमा आएको यस केबलकारले आज आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको हो । चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा।लि। द्वारा सञ्चालित केबलकारले सञ्चालनमा आएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गरिसकेको जनाएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “मनकामना माताको कृपाले चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा।लि। द्वारा सञ्चालित नेपालको पहिलो केबलकार मनकामना केबलकार (मङ्सिर ८ गते) आफ्नो २८औँ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । हालसम्म हामीले २ करोड १२ लाख भन्दा बढी यात्रुहरूलाई केबलकार सेवा प्रदान गरिसकेका छौँ ।” चितवन को–इ समूहका संस्थापक स्वार्गीय लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यस केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ । २९औँ वर्ष प्रवेशको विशेष अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । कम्पनीले यस उचाइसम्म आइपुग्न साथ र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, अहोरात्र खटिने कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारहरूप्रति आभार प्रकट गरेको छ । साथै, निरन्तर सहयोग पुर्‍याउने सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय तथा चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयहरूप्रति पनि कम्पनीले कृतज्ञता ज्ञापन गरेको छ । आगामी योजनाबारे विज्ञप्तिमा थप भनिएको छ, “आगामी वर्षहरूमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा तथा स्तरीय अनुभव प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छौँ ।” मनकामना केबलकार विसं. २०५५ साल मङ्सिर ८ गतेदेखि (सन् १९९८ नोभेम्बर २४) मा सञ्चालनमा आएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्लाहीमा अदालतबाट सजाय तोकिएका १० जना फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

सर्लाहीमा अदालतबाट सजाय तोकिएका १० जना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोजतलास अभियानका क्रममा सोमबार उनीहरूलाई... ...

रातोपाटी
विभिन्न संसदीय समितिको बैठक बस्दै
Latest NewsJust now

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, मङ्सिर ८ गते । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समि... ...

गोरखापत्र
विभिन्न संसदीय समितिको बैठक बस्दै
Latest NewsJust now

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना... ...

रातोपाटी
गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
Latest NewsJust now

गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गुरुनानक जयन्ती (प्रकाश पर्व), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बी तथा नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै मंगलबार उपराष्ट्रपति यादवले मानव सभ्यताको इतिहासमा गुरुनानक देव धार्मिक अगुवा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताका अग्रदूतका रूपमा सम्मानित ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement