Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

होम एन्ड अवे प्रणालीमा एनपीएल खेलाउने तयारी, छलफलका लागि मन्त्रीले बोलाए फ्रेन्चाइज मालिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
होम एन्ड अवे प्रणालीमा एनपीएल खेलाउने तयारी, छलफलका लागि मन्त्रीले बोलाए फ्रेन्चाइज मालिक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । एनपीएलका आठवटै फ्रेन्चाइज टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको योजनाबारे छलफल गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आठवटै टोलीका मालिकलाई मन्त्रालयमा बोलाएका छन् । मन्त्री पोखरेलले आज दिउँसो ३ बजे छलफलका लागि सबै फ्रेन्चाइज टोलीका मालिकलाई मन्त्रालयमा उपस्थित हुन निमन्त्रणा गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलका आठवटै टोलीका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको केही दिनमै मन्त्रालयले यस विषयमा छलफल अघि बढाउन लागेको हो । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए । त्यसका लागि प्रत्येक फ्रेन्चाइज टोलीलाई आफ्नै घरेलु मैदानसहितको रङ्गशाला उपलब्ध गराउने उनको घोषणा थियो । योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थनगर, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि धनगढीस्थित फाप्लामा क्रिकेट रङ्गशाला निर्माण गरिनेछ । त्यस्तै, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रङ्गशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रङ्गशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शाहका अनुसार फाप्ला क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने बाँकी रङ्गशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र सुरु गरिनेछ । यी सबै रङ्गशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गर्ने योजना छ । रङ्गशाला निर्माण सम्पन्न भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने सरकारको लक्ष्य छ । यसबाट नेपाली क्रिकेटलाई काठमाडौँमा मात्र सीमित नराखी देशका विभिन्न सहरमा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित
Latest NewsJust now

अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित

अमेरिका । प्रवासमा रहेका नेपाली भाषा र साहित्यको क्षेत्रका क्रियाशील साहित्यकारको संस्था अन्तरराष्ट्रिय साहित्य समाज अनेसासको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले सोमबार जारी... ...

रातोपाटी
बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर
Latest NewsJust now

बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ । मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले एक स्थानीयमाथि कुटपिट गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान करिब ४ बजे चिसापानीमा १५ जनाको समूहले स्थानीय बानियाभार निवासी ४२ वर्षीय प्रेमबहादुर थापामाथि ...

केन्द्रबिन्दु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । राष्ट्र बैंकले तोकेको दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपेली तथा अन्य प्रमुख पश्चिमा मुद्राहरूको विनिमय दर पनि महँगो देखिएको छ । आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ...

लुम्बिनी सञ्चार
अयोध्या- जनकपुर चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी (तस्बिरहरु)
Latest NewsJust now

अयोध्या- जनकपुर चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी (तस्बिरहरु)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि अयोध्या धामबाट सोमबार दिउँसो १२ः३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement