Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

लगानीकर्ता हित संरक्षण कोषमा ४ महिनामै थपियो पौने ३ करोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
लगानीकर्ता हित संरक्षण कोषमा ४ महिनामै थपियो पौने ३ करोड
Photo / Coverage: टक्सार

काठमाडौँ । वर्षौंदेखि लगानीकर्ताले दाबी नगरेको लाभांश रकम जम्मा हुने लगानीकर्ता हित संरक्षण कोषमा चालु आर्थिक वर्षको चार महिनामा २ करोड ९१ लाख ७८ हजार ६०८ रुपैयाँ थपिएको छ । सोही अवधिमा कोषबाट ५४ लाख ९७ हजार २५६ रुपैयाँ लगानीकर्तालाई फिर्ता गरिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ सम्म विभिन्न ६२ कम्पनीबाट कोषमा कुल १ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीहरूले पाँच वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझिलिन नआएको लाभांश रकम यस कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । कोषमा रकम जम्मा भए पनि लगानीकर्ताले आफ्नो हकदाबी गुमाउँदैनन् । वास्तविक लगानीकर्ता वा उनका कानुनी उत्तराधिकारीले आवश्यक प्रमाण पेस गरेर वर्षौंपछि पनि उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था छ । यो पनि पढ्नुहोस छुटेकाे लाभांशबाट लगानीकर्ता संरक्षण कोषमा एक अर्ब २६ कराेड रुपैयाँ जम्मा कार्यालयका अनुसार हालसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकल, युनिलिभर नेपाल, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंकले कोषबाट फिर्ता लगेका छन् । लगानीकर्ताले विभिन्न बैंक तथा वित्तीय संस्थामा छरिएर रहेको आफ्नो नबुझेको लाभांश खोज्न र प्राप्त गर्न कठिनाइ भोग्नुपर्ने अवस्था रहेकाले त्यस्तो रकम एउटै कोषमा केन्द्रित गर्न सके दाबी प्रक्रिया थप सहज हुने कम्पनी कोषका पदाधिकारीको भनाई छ । पुँजीबजार, लगानी नीति, कम्पनी कानुन तथा व्यापार व्यवसायसम्बन्धी कानुनी व्यवस्था सुधार गर्ने उद्देश्यले २०७३ सालमा लगानीकर्ता संरक्षण कोष स्थापना गरिएको हो । कोषमा लगानीकर्ताले पाँच वर्षसम्म नबुझेको लाभांशका साथै उक्त रकमबाट प्राप्त ब्याज तथा अन्य आम्दानीसमेत जम्मा हुन्छ । कोषको अवधारणाअनुसार मूलधन सुरक्षित राख्दै त्यसबाट प्राप्त ब्याज तथा अन्य आम्दानी लगानीकर्ताको हित संरक्षणमा उपयोग गर्ने व्यवस्था गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित
Latest NewsJust now

अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित

अमेरिका । प्रवासमा रहेका नेपाली भाषा र साहित्यको क्षेत्रका क्रियाशील साहित्यकारको संस्था अन्तरराष्ट्रिय साहित्य समाज अनेसासको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले सोमबार जारी... ...

रातोपाटी
औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन
Latest NewsJust now

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

काठमाण्डु– औषधि व्यवस्था विभागले औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर अनिवार्य सुनिश्चित गर्न निर्देशन दिएको छ । औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मान्यताप्राप्त फार्माकोपियाले तोकेको मापदण्डअनुसारको स्पिरिट मात्र प्रयोग गर्न विभागले औषधि उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको हो । विभागका महानिर्देशक भरत भट्टराईका अनुसार भारतीय, ब्रिटिस तथा अमेरिकी फार्माकोपियामा […] ...

काठमाण्डुपाटी
काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने
Latest NewsJust now

काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले जमिनमुनिको पानीको सतह बढाउने उद्देश्यसहित ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गरेको छ । जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर महानगरपालिकाले वर्षाको पानी जमिनमुनि पठाउने रिचार्ज पिट निर्माण अभियान अघि बढाएको हो । सोमबार राष्ट्रिय सभा गृह परिसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर ...

हिमालय टाइम्स
भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपाल, भुटान र बाङ्ग्लादेशमा पनि कम्पन
Latest NewsJust now

भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपाल, भुटान र बाङ्ग्लादेशमा पनि कम्पन

BBC नेपालका विभिन्न भागहरूमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। अधिकारीहरूले उक्त भूकम्पको केन्द्रबिन्दु तिब्बतसँग सिमाना जोडिएको ताप्लेजुङ जिल्लामा रहेको बताएका छन्।राजधानी काठमाण्डूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।राष्ट्रिय भूकम्प ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement