Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गुरुनानक जयन्ती (प्रकाश पर्व), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बी तथा नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै मंगलबार उपराष्ट्रपति यादवले मानव सभ्यताको इतिहासमा गुरुनानक देव धार्मिक अगुवा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताका अग्रदूतका रूपमा सम्मानित रहेको उल्लेख गरेका छन् । ‘मानव सभ्यताको इतिहासमा गुरुनानक देव धार्मिक अगुवा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताको अग्रदूतका रूपमा सम्मानित हुनुहुन्छ । उहाँले मानवतालाई केन्द्रमा राख्दै विविधताबीच एकता, परस्पर सम्मान, सत्यनिष्ठा, करुणा र सेवाभावको जीवनदर्शन अवलम्बन गर्न प्रेरणा दिनुभयो । उहाँका विचारहरुले मानव मर्यादा, सहिष्णुता र सहयोगका मूल्यहरूलाई सुदृढ बनाउँदै समतामूलक, सौहार्दपूर्ण र सहअस्तित्वमा आधारित समाज निर्माणको प्रेरणा प्रदान गर्दछन्,’ उनले भनेका छन् । गुरुनानक देवले प्रतिपादन गरेका श्रमको मर्यादा, सत्यनिष्ठ जीवन, ज्ञानको खोजी र साझा हितका मूल्यहरू आजको विश्वमा अझ सान्दर्भिक रहेको उपराष्ट्रपति यादवले बताएका छन् । ‘परिश्रमलाई पूजा, सेवालाई कर्तव्य र मानवतालाई धर्म ठान्ने उहाँको दृष्टिकोणले जिम्मेवार नागरिक निर्माणको प्रेरणा दिन्छ,’ उनको सन्देशमा भनिएको छ । शिख परम्पराअनुसार गरिने सामूहिक सेवा, सहभोज, कीर्तन तथा आध्यात्मिक साधनाको अभ्यासले समानता र समावेशिताको उच्च आदर्शलाई जीवित राखेको उल्लेख गर्दै उनले यस्ता मानवीय अभ्यासहरू बहुलतायुक्त नेपाली समाजका लागि समेत प्रेरणादायी रहेको बताएका छन् । एउटै स्थानमा भेला भएर जात, वर्ग, भाषा वा पृष्ठभूमिको भिन्नतालाई गौण बनाउने संस्कारले सामाजिक सद्भाव र पारस्परिक सम्मानलाई थप बलियो बनाउने उनको विश्वास छ । आज विश्वले शान्ति, सहिष्णुता, नैतिकता र सामाजिक न्यायका विषयमा नयाँ चुनौतीहरूको सामना गरिरहेको सन्दर्भमा गुरुनानक देवका विचारहरूले आपसी विश्वास, संवाद र मानवीय उत्तरदायित्वको संस्कृतिलाई पुनः जागृत गर्न मार्गदर्शन प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गरेका छन् । उनले यस पर्वले विविधताभित्र एकता, सहकार्य र साझा समृद्धिको राष्ट्रिय संकल्पलाई अझ सुदृढ बनाउँदै सभ्य, समतामूलक, शिक्षित र समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन सबैमा उत्साह मिलोस् भनी शुभेच्छा व्यक्त गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्लाहीमा अदालतबाट सजाय तोकिएका १० जना फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

सर्लाहीमा अदालतबाट सजाय तोकिएका १० जना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोजतलास अभियानका क्रममा सोमबार उनीहरूलाई... ...

रातोपाटी
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश
Latest NewsJust now

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश

काठमाडौँ । नेपालको पहिलो व्यवसायिक केबलकार ‘मनकामना केबलकार’ आफ्नो २८औँ वर्षको सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । विसं. २०५५ साल मङ्सिर ८ गते (सन् १९९८ नोभेम्बर २४) देखि सञ्चालनमा आएको यस केबलकारले आज आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको हो । चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा।लि। द्वारा सञ्चालित केबलकारले सञ्चालनमा आएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी ...

लुम्बिनी सञ्चार
विभिन्न संसदीय समितिको बैठक बस्दै
Latest NewsJust now

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, मङ्सिर ८ गते । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समि... ...

गोरखापत्र
विभिन्न संसदीय समितिको बैठक बस्दै
Latest NewsJust now

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement