Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Others/भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

11/1/2026, 2:07:15 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

भोलि सोमबारदेखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुनेछन्। नेपाल राजपत्रमा यसअघि प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा जाडोयामको कार्यालय समय लागू हुनेछ। नयाँ समयतालिका अनुसार यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका कार्यालय अब अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। यससँगै दैनिक कार्यालय समय एक घण्टा घट्नेछ। यो व्यवस्था शैक्षिक संस्थाबाहेकका सम्बन्धित सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ। सरकारले हरेक वर्ष जाडोयाममा कार्यालय सञ्चालनको समय समायोजन गर्दै आएको छ। सोही व्यवस्था अनुसार यस वर्ष पनि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म परिवर्तित समयतालिका कायम रहनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सानो समूहले आफैंलाई राज्य ठान्दैछ : गगन थापा
OthersJust now

सानो समूहले आफैंलाई राज्य ठान्दैछ : गगन थापा

'केही सानो समूहले 'वी आर द स्टेट' भन्न थाले। शक्तिको स्वेच्छाचारी प्रयोग भयो। सरकारमा बसेका मान्छेहरूलाई आफ्नो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो। यो प्रवृत्ति जस्तो देखियो। यसले हद नाघेको छ।’ ...

अनलाइन खबर
सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा
OthersJust now

सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा

नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ। ...

अनलाइन खबर
रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?
OthersJust now

रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?

सभापति थापाले अगाडि भने, ‘सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र सरकारका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने ? यसको जिम्मेवारी रास्वपाले लिने प्रश्न आउँछ कि आउँदैन ?’ ...

अनलाइन खबर
४ हजार करोड भारुमा बनेको फिल्म ‘रामायण’बारे पाँच रोचक कुरा
OthersJust now

४ हजार करोड भारुमा बनेको फिल्म ‘रामायण’बारे पाँच रोचक कुरा

‘रामायण : राइज अफ अ लेजेन्ड’ यही बिहीबारदेखि नेपालका सिनेमाघरमा पनि प्रदर्शन हुँदैछ । त्यसो त पौराणिक ग्रन्थमा आधारित फिल्म बन्न लागेको यो पहिलो पटक होइन । यद्यपि, यसपटक अलि विशेष छ । किनभने यसको बजेट र निर्माण टोलीको आकारले यो फिल्म कति भव्य होला भन्ने कल्पना गर्ने ठाउँ दिएको छ । फिल्ममा जोडिएका प्राविधिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play