Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/कर्मचारीमाथि धरपकड गरेर सरकारको हुकुमी शासन चल्दैन : गगन थापा

कर्मचारीमाथि धरपकड गरेर सरकारको हुकुमी शासन चल्दैन : गगन थापा

11/1/2026, 3:05:12 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्मचारीमाथि धरपकड गरेर सरकारको हुकुमी शासन चल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कर्मचारीमाथि प्रहरी लगाएर दबाब दिने सरकारको शैलीप्रति आपत्ति जनाएका छन्। उनले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीमाथि भएको धरपकडलाई विधिको शासनविपरीतको कदम भन्दै आलोचना गरेका हुन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले कर्मचारीले गल्ती गरेको भए पनि स्थापित कानुनी संयन्त्रमार्फत अनुसन्धान र कारबाही हुनुपर्ने बताए। उनले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनालाई आपत्तिजनक भन्दै राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई छलेर प्रधानमन्त्री कार्यालयबाटै हुकुमी शैली अपनाउन नमिल्ने धारणा राखे। ‘कर्मचारीले कुनै गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, आधिकारिक निकायबाट विधिसम्मत अनुसन्धान गराउने हो,’ थापाले भने। सरकारले प्रशासनिक मर्यादा र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै स्वेच्छाचारी बाटो रोजेको उनको आरोप छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारका राम्रा र नराम्रा कामको जिम्मेवारी रास्वपाले लिनुपर्छ : गगन थापा
Latest NewsJust now

सरकारका राम्रा र नराम्रा कामको जिम्मेवारी रास्वपाले लिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा र नराम्रा दुवै कामको जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन् । आइतबार समसामयिक राजनीतिक विषय र सरकारका गतिविधिबारे विशेष सम्बोधन गर्दै थापाले रास्वपाले विगतमा कांग्रेस सरकारलाई प्रश्न गर्दा उठाएको सिद्धान्त अहिले आफ्नै पार्टीले पनि लागू गर्नुपर्ने बताएका हुन् । उनले विगतमा कांग्रेस […] ...

लोकपथ
स्वतन्त्र प्रेसमाथिको धरपकडबारे संसदीय छानबिन गर्न नेपाल जेनजी फ्रन्टको माग
Latest NewsJust now

स्वतन्त्र प्रेसमाथिको धरपकडबारे संसदीय छानबिन गर्न नेपाल जेनजी फ्रन्टको माग

काठमाडौँ। नेपाल जेनजी फ्रन्टले समाचार कक्षमै प्रहरी प्रवेश गराई पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै स्वतन्त्र प्रेसमाथिको धरपकड र राज्यका निकायबाट सिर्जित त्रासबारे संसदीय छानबिन गर्न माग गरेको छ। फ्रन्टकी... ...

रातोपाटी
बेनी-दरवाङ सडक सञ्चालन
Latest NewsJust now

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी-नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play