Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो

10/30/2026, 3:33:28 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । नदीले बगाएर टाढा पुर्‍याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको शुक्रबारको बैठकमा नेपाल प्रहरीका तर्फबाट विस्तृत कार्यप्रगति प्रस्तुत गर्दै प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले उक्त विवरण सार्वजनिक गरेका हुन् । विपद् सुरु भएलगत्तै प्रहरी प्रधान कार्यालयमा चौबिसै घण्टा सञ्चालन हुने गरी ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरेर कार्यसम्पादन भइरहेको उनले जानकारी दिए । एसपी पुरीका अनुसार बाढीका कारण आठ जिल्लाका २६ स्थानीय तह प्रभावित भएकामा सरकारले १५ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हालसम्म १ हजार ४७६ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने खोजी कार्यमा तालिमप्राप्त कुकुर (केनाइन) समेत प्रयोग गरिएको छ । विपद्का सुरुवाती क्षणमा प्रहरीका छवटा युनिटमा समेत क्षति पुगेको र सञ्चार सम्पर्क विच्छेद भएको अवस्थालाई चिर्दै उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । शव पहिचान तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रहरीले प्रविधिको उच्च उपयोग गरेको छ । फेला परेका सबै शवहरूको फोटोसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा अभिलेखीकरण गरिएको छ । यसले देश–विदेशमा रहेका आफन्तहरूलाई शव पहिचान गर्न सहज भएको छ । यसका साथै डीएनए प्रोफाइलिङ, फरेन्सिक जाँच तथा कानुनी प्रक्रिया सहजीकरणका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कै नेतृत्वमा डेडिकेटेड टिम परिचालन गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै शव तथा घाइते व्यवस्थापनका लागि ५१ जनाको प्रहरी टोली खटाइएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँग निरन्तर समन्वय गरी तथ्याङ्क प्रमाणीकरण र उद्धार कार्य अघि बढाइएको छ । यद्यपि, भौगोलिक विकटता र नदीको तीव्र बहावका कारण अझै पनि केही व्यक्ति बेपत्ता रहेको र उनीहरूको वास्तविक संख्या यकिन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रसुवामा विस्थापित प्रहरी चौकी पुनःस्थापना तीव्र, बेपत्ताको खोजी जारी
OthersJust now

रसुवामा विस्थापित प्रहरी चौकी पुनःस्थापना तीव्र, बेपत्ताको खोजी जारी

प्राकृतिक विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुनःस्थापना कार्यलाई तीव्रता दिइएको छ । रसुवाको बाढी–पहिरो प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न तथा विपद्मा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो । संसद्को भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ...

पर्दाफास
विपद्का बेला जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर दुर्घटनाको जोखिम : प्रधानसेनापति सिग्देल
OthersJust now

विपद्का बेला जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर दुर्घटनाको जोखिम : प्रधानसेनापति सिग्देल

प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र (एयरस्पेस) को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग ठोक्किएर अर्को ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम देखिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताएका छन् । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन ...

पर्दाफास
फूलैफूलको बहार (फोटो फिचर)
OthersJust now

फूलैफूलको बहार (फोटो फिचर)

प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र मेला अवधिभरि १ करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ । ...

अनलाइन खबर
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार
OthersJust now

बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार

१३ कात्तिक, काठमाडौं । उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको एउटा हेलिकप्टर शुक्रबार खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार, ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा ५ जना तीर्थयात्री र एक पाइलट गरी कुल ६ जना सवार थिए। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार, कल साइन भीटी–एचसीएक्स भएको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play