Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रसुवामा विस्थापित प्रहरी चौकी पुनःस्थापना तीव्र, बेपत्ताको खोजी जारी

रसुवामा विस्थापित प्रहरी चौकी पुनःस्थापना तीव्र, बेपत्ताको खोजी जारी

10/30/2026, 4:06:11 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवामा विस्थापित प्रहरी चौकी पुनःस्थापना तीव्र, बेपत्ताको खोजी जारी

प्राकृतिक विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुनःस्थापना कार्यलाई तीव्रता दिइएको छ । रसुवाको बाढी–पहिरो प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न तथा विपद्मा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो । संसद्को भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । बैठकमा बोल्दै नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको दैनिक सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रहरीको स्थायी उपस्थिति अपरिहार्य रहेको बताए । विपद्का कारण यसअघि सञ्चालनमा रहन नसकी खाली गरिएको रसुवाको हाकुस्थित प्रहरी चौकी पुनःस्थापना भइसकेको छ । यस्तै, स्याफ्रुबेसीमा प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा युनिट पुनर्गठन गरिएको छ भने बेत्रावती र तिमुरेलगायत संवेदनशील क्षेत्रमा पनि सुरक्षा उपस्थिति बलियो बनाइएको छ । यद्यपि, क्षतिग्रस्त चौकीहरूको स्थायी संरचना निर्माणका लागि उपयुक्त जग्गा पहिचान गर्न अझै चुनौती रहेको उनले बताए । विपद्मा परी पुरिएका वा बेपत्ता भएका व्यक्तिहरूको खोजतलास नियमित रूपमा जारी राखिएको उनले जानकारी दिए । जमिनमुनि करिब डेढ मिटरसम्म रहेका शव पहिचान गर्न सक्ने आधुनिक उपकरणको अभाव हुँदा उद्धार टोलीले म्यानुअल (परम्परागत) उपायहरूकै भर पर्नुपरेको छ । आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकहरूको खोजी कार्य थप चुनौतीपूर्ण र समय लाग्ने खालको बनेको अधिकारीहरूको भनाइ छ । नागरिकलाई दैनिक शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न स्थानीय तहमै प्रहरी चौकीहरू व्यवस्थित गर्नुपर्ने भएकाले जग्गा प्राप्ति तथा पूर्वाधार निर्माणलाई छिटो टुंग्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष
OthersJust now

बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष

भोटेकोशी र बुढीगण्डकी करिडोरमा गएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनासहितका सुरक्षा निकायले व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको नेपाली सेनाले जनाएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरूसँग भएको छलफलका क्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले बाढीपछिको खोज, उद्धार, ...

पर्दाफास
शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थीको प्रदर्शन
OthersJust now

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थीको प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् । ...

अनलाइन खबर
जी-२० बैठकमा सहभागी हुन रुसी विदेशमन्त्री लाभरोभ एटलान्टामा
OthersJust now

जी-२० बैठकमा सहभागी हुन रुसी विदेशमन्त्री लाभरोभ एटलान्टामा

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्। ...

अनलाइन खबर
कतै हानि नोक्सानी कोषकै जित त भएन ?
OthersJust now

कतै हानि नोक्सानी कोषकै जित त भएन ?

योभन्दा ठूलो आर्थिक सहयोग जुटाउन सकिने सम्भावनालाई कतै हामीले आपतकालीन अनुरोधका नाममा गुमायौं कि ? उपलब्धि ल्याउन खोज्दा झन् फस्यौं कि ? ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play