विपद्का बेला जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर दुर्घटनाको जोखिम : प्रधानसेनापति सिग्देल

प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र (एयरस्पेस) को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग ठोक्किएर अर्को ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम देखिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताएका छन् । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको बताए । ड्रोन पाइलट र हेलिकप्टर पाइलटबीच सञ्चार तथा समन्वय भएको अवस्थामा उडान सुरक्षित बनाउन सकिने भए पनि त्यसको अभावमा उद्धार कार्यमा चुनौती थपिएको उनको भनाइ छ । उनले ड्रोन र हेलिकप्टर आपसमा ठोक्किने वा दुईवटा हेलिकप्टरबीच नै दुर्घटना हुन सक्ने जोखिम रहेको उल्लेख गरे । विपद्का बेला प्रभावकारी हवाई क्षेत्र व्यवस्थापन नहुँदा अर्को दुर्घटना निम्तिने त्राससमेत रहेको उनले बताए । उनले भने, ‘ड्रोन र हेलिकप्टरबीच उचित सञ्चार तथा हवाई क्षेत्र व्यवस्थापन नहुँदा आपसमा ठोक्किने जोखिम अत्यन्तै उच्च थियो । यसले उद्धार कार्यकै क्रममा अर्को दुर्घटना निम्तिन सक्ने त्रास सिर्जना गरेको थियो । त्यसैले उद्धारका क्रममा प्रभावकारी हवाई समन्वय र एयरस्पेस व्यवस्थापन आवश्यक देखियो ।’ विपद्का समयमा अग्रमोर्चामा खटिने हवाई तथा स्थल सुरक्षा निकायहरूबीच पर्याप्त सञ्चार र समन्वय नहुँदा उद्धार उडानहरू निकै जोखिमपूर्ण बन्दै गएको बैठकमा औँल्याइएको छ । विशेष गरी उद्धार क्षेत्रमा अनुमतिबिना वा जथाभावी उडाइने ड्रोनका कारण हेलिकप्टर चालकहरूले गम्भीर सुरक्षा चुनौती व्यहोर्नुपरेको विषय बैठकमा प्रमुखताका साथ उठेको हो । छलफलका क्रममा ड्रोन पाइलट र उद्धारमा संलग्न हेलिकप्टरका पाइलटहरूबीच प्रत्यक्ष सञ्चार सम्पर्क नहुँदा आकाशमै ठोक्किने उच्च जोखिम रहेको उल्लेख गरिएको छ । उद्धार कार्यमा खटिएका बहुसंख्यक हेलिकप्टरहरू एउटै क्षेत्रमा केन्द्रित हुँदा प्रभावकारी एयरस्पेस व्यवस्थापनको अभावले आकाशमै विमान जुधेर उद्धारस्थलमै अर्को ठूलो मानवीय विपद् सिर्जना हुन सक्ने त्रास सुरक्षाकर्मीहरूमा देखिएको उनले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

डीआईजी ढकालको दाबी- ‘भोटेकोशी विपद् प्रतिकार्यमा सुरक्षा निकायबीच कुनै दुबिधा छैन’
सशस्त्र प्रहरी बलले भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको बाढी तथा विपद् प्रतिकार्यमा सुरक्षा निकायहरूबीचको ‘चेन अफ कमान्ड’ र अन्तरनिकाय समन्वय उत्कृष्ट रहेको दाबी गरेको छ । शुक्रवार संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले प्रतिकार्यमा सुरक्षा संयन्त्रहरूबीच कुनै पनि प्रकारको अन्योल वा समस्या नरहेको स्पष्ट पारेका हुन् । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी ...

माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति
१२ कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथिको सुनुवाइपछि वारेसको अनुमति दिएको हो । पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा… ...

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै संघले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका अध्यक्ष विनोद पोखरेलले बताए । नयाँ समर्थन ...

रसुवामा विस्थापित प्रहरी चौकी पुनःस्थापना तीव्र, बेपत्ताको खोजी जारी
प्राकृतिक विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुनःस्थापना कार्यलाई तीव्रता दिइएको छ । रसुवाको बाढी–पहिरो प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न तथा विपद्मा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो । संसद्को भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ...


