Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

भुटान।भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि अधिकारीहरूले क्षतिको विवरण संकलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन्। डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गो, लया गेओगस्थित वाकिला पहाड नजिकको तालबाट पानी बाहिरिएको थियो। राति करिब ८ः१५ बजे बाढीको पानी ताकत्सेमाखाङ पुगेपछि लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुगेको थियो। राजमार्गको करिब ३१.८५ किलोमिटर खण्ड बगेपछि अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ। यात्रुलाई अत्यावश्यक नभए यात्रा स्थगित गर्न आग्रह गरिएको छ। सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको र चेतावनी साइरन बजाइएको थियो। शुक्रबार बिहानसम्म मानवीय क्षति भएको खबर छैन। तालबाट निस्किएको पानीको मात्रा र क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ। सिन्टाफु तालको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ, जहाँ फो छु नदीसँग मिसिएर पुनात्साङछु बन्छ। यो नदी पछि सङ्कोशका रूपमा भारत प्रवेश गर्छ। त्यसैले भारतको उत्तर बङ्गाल क्षेत्रमा पनि सतर्कता अपनाइएको छ। सिन्टाफु भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालको सूचीमा रहेको ताल हो। सन् २०२३ मा भुटानी विज्ञहरूले यसको अध्ययन गरी ताल, प्राकृतिक बाँध र पानी आपूर्ति गर्ने हिमनदीको अवस्था जाँच गरेका थिए। जोखिम निगरानीका लागि उपकरण समेत जडान गरिएको थियो। सूचीमा समावेश हुनुको अर्थ विस्फोट निश्चित हुनु नभई निरन्तर निगरानी आवश्यक हुनु हो। यसैबीच, भारतको केन्द्रीय जल आयोगले बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल र असमका लागि विशेष सतर्कता जारी गरेको छ। आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा पानीको सतह अचानक बढ्न सक्ने चेतावनी दिँदै सङ्कोश नदीको जलस्तर निगरानी गर्न र सावधानी अपनाउन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ। –रासस/ एएनआइ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

देउवा समूहले महाधिवेशनका लागि बुक गर्‍यो खुलामञ्च
ताजा खबरJust now

देउवा समूहले महाधिवेशनका लागि बुक गर्‍यो खुलामञ्च

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। देउवा समूहले २१ देखि २३ मंसिरसम्मका लागि तय गरेको महाधिवेशनका लागि खुलामञ्च बुक गरेको हो। देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ। महाधिवेशनको ...

केन्द्रबिन्दु
सर्वोच्चको फूलकोर्ट बैठकः बिचौलियासँग न्यायाधीशको उठबसबारे छलफल, सोमबार फेरी बस्ने
ताजा खबरJust now

सर्वोच्चको फूलकोर्ट बैठकः बिचौलियासँग न्यायाधीशको उठबसबारे छलफल, सोमबार फेरी बस्ने

• सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया इनम सापकोटासँगको भेटघाट र न्यायाधीशहरूको संलग्नता बारे फुलकोर्ट बैठकमा छलफल गरेका छन्। • न्यायाधीशहरूले सापकोटासँगको सम्बन्ध र छानबिन समिति गठनको विषयमा गम्भीरता व्यक्त गरेका छन्। • बैठकमा दुई न्यायाधीश अनुपस्थित थिए र सोमबार पुनः विस्तृत बैठक डाक्ने सल्लाह गरिएको छ। ...

नेपालबहस
नेपाल नेत्रज्योति संघद्वारा विपद् प्रभावितलाई थप १६ लाख सहयोग
ताजा खबरJust now

नेपाल नेत्रज्योति संघद्वारा विपद् प्रभावितलाई थप १६ लाख सहयोग

नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रु १६ लाख ३३ हजार एक सहयोग गरेको छ। सङ्घले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग रकममध्ये सङ्घको तर्फबाट रु एक लाख आठ हजार ४०१ र अन्तरराष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेसनलबाट रु १५ लाख २४ हजार ६०० प्राप्त भएको हो। ... ...

नेपालखबर
कर प्रणालीमा एकरुपता कायम गरी स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्छः सांसदहरू
ताजा खबरJust now

कर प्रणालीमा एकरुपता कायम गरी स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्छः सांसदहरू

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले स्थानीय तहअनुसार फरक–फरक रहेको कर प्रणालीलाई एकरूप बनाउन तथा उद्योगी व्यवसायीले कर चुक्ताका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानाकर्षण गराएका हुन् । स्थानीय तहअनुसार कर प्रणालीमा देखिएका असमानता हटाउन र उद्योगमैत्री वातावरण निर्माणमा सरकार गम्भीर ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play