Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/देउवा समूहले महाधिवेशनका लागि बुक गर्‍यो खुलामञ्च

देउवा समूहले महाधिवेशनका लागि बुक गर्‍यो खुलामञ्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा समूहले महाधिवेशनका लागि बुक गर्‍यो खुलामञ्च

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। देउवा समूहले २१ देखि २३ मंसिरसम्मका लागि तय गरेको महाधिवेशनका लागि खुलामञ्च बुक गरेको हो। देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ। महाधिवेशनको उद्घाटन, बन्दसत्र तथा केन्द्रीय सदस्यका लागि मतदान खुलामञ्चमा गरिनेछ। त्यस्तै, राष्ट्रियसभा गृहमा पदाधिकारी चयनका लागि मतदान गरिने निर्वाचन समितिले जनाएको छ। भृकुटीमण्डप भने महाधिवेशन प्रतिनिधिहरूको खानाको व्यवस्थाका लागि बुक गरिएको कार्कीले जानकारी दिए। देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको छ भने कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सवारी दुर्घटनामा पत्रकार पोखरेलको मृत्यु
ताजा खबरJust now

सवारी दुर्घटनामा पत्रकार पोखरेलको मृत्यु

पत्रकार पोषकान्त पोखरेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा शुक्रबार भएको दुर्घटनामा ४२ वर्षीय पोखरेलको मृत्यु भएको हो। उनी ललितपुरबाट प्रकाशित हुने आर्थिक राष्ट्रिय दैनिकमा कार्यरत थिए।  हुलाकी सडकखण्डमा पोखरेल सवार लु प्र ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सु प्र ०१–०... ...

नेपालखबर
भोटेकोशी बाढीको असर : स्याफ्रुमा पुल छैन, बारीमै कुहिँदै तरकारी
ताजा खबरJust now

भोटेकोशी बाढीको असर : स्याफ्रुमा पुल छैन, बारीमै कुहिँदै तरकारी

आमाछोदिङमो क्षेत्रमा रहेका ट्रकको महँगो भाडा, मानिसले बोकेरै भोटेकोशी पार गराउनुपर्ने बाध्यता र स्याफ्रुपारिबाट गाडीमा काठमाडौं तथा चितवन पुर्‍याउँदा लाग्ने महँगो ढुवानी खर्चले किसानलाई थप समस्यामा पारेको छ । ...

कान्तिपुर
‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ हुँदै
ताजा खबरJust now

‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ हुँदै

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपाल (नान) ले ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ गर्ने भएको छ । नर्सरी व्यवसायी संघ नेपालले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि “तिहारको उत्सव, स्वदेशी फुलको महोत्सव” भन्ने नाराका साथ पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको प्रदर्शनी गर्ने भएको हो । मेला २०८३ कार्तिक १७ गते देखि कार्तिक २१ गते ...

टक्सार
दुई दिने आदिवासी साहित्य महोत्सवको तयारी
ताजा खबरJust now

दुई दिने आदिवासी साहित्य महोत्सवको तयारी

धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १३ गते । सप्तरीको सप्तकोशी नगरपालिका –५ गंगाजलीमा दुई दिने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को तयारी गरिएको छ । कात्तिक १४ र १५ गते शनिबार र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play