‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ हुँदै

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपाल (नान) ले ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ गर्ने भएको छ । नर्सरी व्यवसायी संघ नेपालले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि “तिहारको उत्सव, स्वदेशी फुलको महोत्सव” भन्ने नाराका साथ पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको प्रदर्शनी गर्ने भएको हो । मेला २०८३ कार्तिक १७ गते देखि कार्तिक २१ गते सम्म (पाँच दिन) भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ । नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरभरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यतालाई मध्यनजर गर्दै राष्ट्रियस्तरको तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको हो । यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय पति अभिरुचि राख्ने, समग्र कषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा अध्ययन अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई उत्साहित गराउने गर्ने विश्वास लिएको आयाेजकले जनाएकाे छ । नर्सरी व्यवसायी संघ नेपालले ६ वटा एक्स्पो सम्पन्न गरिसकेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्याक्रम जस्ता सामाजिक कार्य गर्दै आएकाे छ । यस मेलामा विभिन्न प्रजातीका फूल फूल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने उल्लेख गरिएको छ। यस संस्थाले व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा पुरस्कृत गर्ने उल्लेख गरेकाे छ । आयाेजकका अनुसार यस मेलामा ६३ वटा व्यवसायीक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ६ स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत जम्मा ७३ वटा स्टल रहने छ। मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै एक करोड रूपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएकाे छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु.१००।- र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु. ५०।- व्यवस्था गरेको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

महानिर्देशक र आयोजना निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको कारबाहीप्रति गम्भीर असहमति व्यक्त गरेको हो। विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कसैलाई ...

प्रधानसेनापति सिग्देलको ठहर: विपद् व्यवस्थापनमा भद्दा ‘चेन अफ कमान्ड’ बाधक
लामो ‘चेन ऑफ कमाण्ड’ का कारण तत्काल उद्धार तथा समन्वयमा प्रभावहीन बनेको बताएका छन्। ...

भारतमाथि न्युजिल्याण्डको सानदार जित
काठमाडाैं । न्युजिल्याण्डले टी-२० शृङ्खलामा भारतलाई ८७ रनले पराजित गरेको छ। इडन पार्कमा भएको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतविरुद्ध न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५९ रनको विशाल योगफल तयार गरेको थियो। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४९ बलमा १०७ रनको शतकीय इनिङ खेले र म्यान अफ द म्याच घोषित भए। त्यसैगरी, माइकल ब्रेसवेलले ...

अर्णव चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित
निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । ...


