महानिर्देशक र आयोजना निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको कारबाहीप्रति गम्भीर असहमति व्यक्त गरेको हो। विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कसैलाई पनि नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने उल्लेख गरिएको छ। बिना आधार र कारण सार्वजनिक नगरी गरिएको पक्राउले विधिको शासन र पेसागत मर्यादामाथि प्रश्न उठाएको एसोसिएसनको ठहर छ। एसोसिएसनले सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा पक्राउ परेका दुवै इन्जिनियरको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ। त्यस्तै, प्रचलित कानुनबमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्न पनि एसोसिएसनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

त्रिवि दीक्षान्त समारोहको अनलाइन फाराम भर्ने समय थप
काठमाडौं, कात्तिक १३ गते । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको ५२ औं दिक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने समय अवधि थप गरेको छ । त्रिवि,परीक्षा नियन्त्रण कार्याल... ...

दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुग्यो प्रहरी
सादा पोसाकका प्रहरी अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न पुगेको त्यहाँ कार्यरत एक पत्रकारले बताए । ...

सञ्चार कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ
• पत्रकार विश्वमणि सुवेदीलाई नेपाल प्रेसको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको छ। • प्रहरीले पक्राउ पुर्जी बिना नै उनलाई लिएर गएको र साइबर ब्युरोको आग्रहमा नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ। • सुवेदीसँग सम्पर्क गर्न प्रयास गरिए पनि उनले फोन उठाएका छैनन् र प्रहरीले यस विषयमा औपचारिक जानकारी दिएको छैन। ...

कन्टेन्ट क्रियटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो आवेदन
काठमाडौँ । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई पर्यटन प्रवर्द्धन अभियानमा सहभागी गराउने... ...


