भारतमाथि न्युजिल्याण्डको सानदार जित

काठमाडाैं । न्युजिल्याण्डले टी-२० शृङ्खलामा भारतलाई ८७ रनले पराजित गरेको छ। इडन पार्कमा भएको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतविरुद्ध न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५९ रनको विशाल योगफल तयार गरेको थियो। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४९ बलमा १०७ रनको शतकीय इनिङ खेले र म्यान अफ द म्याच घोषित भए। त्यसैगरी, माइकल ब्रेसवेलले २५ बलमा ६५ रन र फिन एलेनले १७ बलमा ३१ रन बनाए। भारततर्फबाट मयंक यादवले ३ विकेट लिए भने अर्शदीप सिंह र अक्षर पटेलले समान १-१ विकेट हात पारे। २६० रनको ठूलो लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। भारतका लागि तिलक वर्माले ३५, नमन धिरले २८ र अभिषेक शर्माले २७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। न्युजिल्याण्डको कसिलो बलिङसामू जेकब डफीले सर्वाधिक ४ विकेट लिए भने मिचेल स्यान्टनर र म्याथ्यू फिशरले २-२ विकेट लिए। पाँच खेलको यस टी-२० शृङ्खलामा भारत अझै ३-१ ले अगाडि छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

त्रिवि दीक्षान्त समारोहको अनलाइन फाराम भर्ने समय थप
काठमाडौं, कात्तिक १३ गते । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको ५२ औं दिक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने समय अवधि थप गरेको छ । त्रिवि,परीक्षा नियन्त्रण कार्याल... ...

दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुग्यो प्रहरी
सादा पोसाकका प्रहरी अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न पुगेको त्यहाँ कार्यरत एक पत्रकारले बताए । ...

सञ्चार कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ
• पत्रकार विश्वमणि सुवेदीलाई नेपाल प्रेसको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको छ। • प्रहरीले पक्राउ पुर्जी बिना नै उनलाई लिएर गएको र साइबर ब्युरोको आग्रहमा नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ। • सुवेदीसँग सम्पर्क गर्न प्रयास गरिए पनि उनले फोन उठाएका छैनन् र प्रहरीले यस विषयमा औपचारिक जानकारी दिएको छैन। ...

कन्टेन्ट क्रियटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो आवेदन
काठमाडौँ । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई पर्यटन प्रवर्द्धन अभियानमा सहभागी गराउने... ...


