कर प्रणालीमा एकरुपता कायम गरी स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्छः सांसदहरू

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले स्थानीय तहअनुसार फरक–फरक रहेको कर प्रणालीलाई एकरूप बनाउन तथा उद्योगी व्यवसायीले कर चुक्ताका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानाकर्षण गराएका हुन् । स्थानीय तहअनुसार कर प्रणालीमा देखिएका असमानता हटाउन र उद्योगमैत्री वातावरण निर्माणमा सरकार गम्भीर हुनुपर्ने उनीहरुको धारणा छ । बैठकमा नेपाली काँग्रेसका सांसद धर्मेन्द्र पासवानले पालिकाअनुसार करका दर फरक रहेकाले त्यसलाई समायोजन गर्नुपर्ने गर्न आवश्यक रहेको बताए । उनले उद्योगहरू बन्द हुनु मुलुकको कमजोर आर्थिक अवस्थाको प्रमुख कारण रहेको उल्लेख गर्दै उद्योगहीलाई सहज रुपमा उद्योग सञ्चालन गर्ने वातावरण निर्माणमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले उद्योगीहरूलाई कर चुक्ताका लागि विभिन्न कर कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गरी एकै ठाउँबाट कर तिर्न सक्ने व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गरे । उनले भने, ‘पालिकाअनुसार कर फरक रहेको देखिएको छ । यसलाई समायोजन गर्न आवश्यक छ । अर्को, हाम्रो देशको आर्थिक अवस्था कमजोर भएको सबैभन्दा ठूलो कारण के हो भने मुलुकमा रहेका उद्योगहरु बन्द भएर हो । उद्योगीहरुलाई अफ्ठ्यारो परेर उद्योगहरु अगाडि बढेको छैन । अनि उद्योगीहरुलाई कर चुक्ताको लागि कर कार्यालय धाउनुपर्ने आवश्यकता रहेको छ । कर एउटै ठाउँमा तिर्ने वातावरण बनाउनुपर्छ । यो कुरामा स्पष्ट हुन आवश्यक छ । उद्योगीमलाई दुःख नदिनको लागि समितिले सरकारकलाई भन्नुपर्छ, सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।’ बैठकमा नेकपा (एमाले)की सांसद रोशनी मेचेले स्थानीय तहको विकास आवश्यकता र समस्याका आधारमा संघीय सरकारले बजेट विनियोजन तथा अनुदान सहायता दिनुपर्नेमा जोड दिए । उनले संघीय सरकारले देशभरका सबै पालिकामा एउटै प्रकृतिको विकासका लागि बजेट बजेट विनियोजन गर्ने प्रवृत्तिमा पुनर्विचार गर्नुपर्ने बताए । उनले स्थानीय तहको विकास आवश्यकता क्षेत्र पहिचान गरी सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अगामी दिनमा हामीले कुनैपनि स्थलगत अनुगमनहरुमा जाँदाखेरी वडा अध्यक्षदेखि सबै स्थानीय तहका जनप्रतिनिधिहरुको कुरा पनि गम्भीरतापूर्वक सुन्नुपर्छ । अर्को, कुरा संघले बजेट विनियोजन गर्दाखेरी देशभरका सबै पालिकामा एकैनासले बजेट विनियोजन गरेको देखिन्छ । अगामी दिनमा बजेट विनियोाजन गर्दा सम्बन्धीत पालिकाको मुख्य समस्या के छ रु पालिकामा सबैभन्दा बढी कुन क्षेत्रको विकासको आवश्यकता छ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । त्यसका लािग यही समितिले यो पालिकाको अवस्था यस्तो छ, यो पालिकालाई यस्तो प्रकारको विकासको आवश्यकता छ भनेर सरकारलाई जानकारी दिनुपर्छ ।’ नेकपा ९एमाले० सांसद सोनाम गेल्जेन शेर्पाले स्थानीय तह र प्रदेशमा विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता हुने गरेको विषय उठाए । उनले निजी कम्पनीलाई लाखौँ रुपैयाँ खर्च गरेर डीपीआर बनाउन लगाइए पनि त्यसअनुसार काम अगाडि नबढ्ने प्रवृत्ति बढेको भन्दै यसको नियन्त्रण गर्न आवश्यक रहेको बताए । एउटा तहको सरकारले तयार पारेको डीपीआर अर्को तहले स्वीकार नगर्ने समस्या रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश र संघबीच समन्वय तथा संवादमार्फत यसको समाधान खोजिनुपर्नेमा उनको जोड छ । उनले भने, ‘स्थानीय तह र प्रदेश तहमा सबैभन्दा धेरै भ्रष्टाचार हुने कुनैपनि योजनाको डिपिआर निर्माण गर्दादेखी नै हो । कुनै निजी कम्पनीलाई डिपिआर बनाउन भनेर लाखौँ पैसा दिने तर काम नै नहुने प्रवृत्ति देखिएको छ । अर्को समस्या के छ भन्दा स्थानीय तहले बनाएको डिपिआर प्रदेशलाई काम नलाग्ने, प्रदेशले बनाएको डिपिआर संघलाई काम नलाग्ने । एक तहले बनाएको डिपिआर अर्को तहले मान्यता नदिने कुरा पनि छ । यो एउटा गम्भीर समस्या हो । यसमा तीन तहको सरकारबीच संवाद र समन्वयमार्फत समाधान गर्ने भन्ने कुरा मुख्य हो ।’ बैठकमा बोल्ने अधिकांश सांसदहरूले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय, स्थानीय आवश्यकतामा आधारित बजेट विनियोजन र प्रशासनिक तथा कर प्रणालीमा सुधार आवश्यक रहेको धारणा राखे ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

सवारी दुर्घटनामा पत्रकार पोखरेलको मृत्यु
पत्रकार पोषकान्त पोखरेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा शुक्रबार भएको दुर्घटनामा ४२ वर्षीय पोखरेलको मृत्यु भएको हो। उनी ललितपुरबाट प्रकाशित हुने आर्थिक राष्ट्रिय दैनिकमा कार्यरत थिए। हुलाकी सडकखण्डमा पोखरेल सवार लु प्र ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सु प्र ०१–०... ...

भोटेकोशी बाढीको असर : स्याफ्रुमा पुल छैन, बारीमै कुहिँदै तरकारी
आमाछोदिङमो क्षेत्रमा रहेका ट्रकको महँगो भाडा, मानिसले बोकेरै भोटेकोशी पार गराउनुपर्ने बाध्यता र स्याफ्रुपारिबाट गाडीमा काठमाडौं तथा चितवन पुर्याउँदा लाग्ने महँगो ढुवानी खर्चले किसानलाई थप समस्यामा पारेको छ । ...

‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ हुँदै
काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपाल (नान) ले ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ गर्ने भएको छ । नर्सरी व्यवसायी संघ नेपालले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि “तिहारको उत्सव, स्वदेशी फुलको महोत्सव” भन्ने नाराका साथ पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको प्रदर्शनी गर्ने भएको हो । मेला २०८३ कार्तिक १७ गते देखि कार्तिक २१ गते ...

दुई दिने आदिवासी साहित्य महोत्सवको तयारी
धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १३ गते । सप्तरीको सप्तकोशी नगरपालिका –५ गंगाजलीमा दुई दिने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को तयारी गरिएको छ । कात्तिक १४ र १५ गते शनिबार र... ...


