भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्। बद्रीनाथबाट देहरादुनतर्फ उडिरहेको हेलिकप्टर जोशीमठ नजिकैको हाथी पर्वत क्षेत्रमा सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा हेलिकप्टर जोशीमठ नजिकै जेपी पावर हाउस क्षेत्रको पहाडी भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। हेलिकप्टर बेपत्ता भएको जानकारी पाएलगत्तै जिल्ला प्रशासनले खोजी अभियान सुरु गरेको थियो। हेलिकप्टर पत्ता लगाउन अन्य दुई हेलिकप्टरसमेत परिचालन गरिएको थियो। दुर्घटनास्थलमा उद्धार तथा राहतका लागि प्रहरी, राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ), सेना र भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) का टोली खटाइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले चाई गाउँ नजिकै हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको भन्दै जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग र एसडीआरएफको संयुक्त टोली उद्धारमा खटिएको बताएका छन्। उनले घटनाको अवस्थाबारे आफूले नजिकबाट निगरानी गरिरहेको पनि बताएका छन्। यसैबीच उत्तराखण्डका विभिन्न क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ। बिहीबारदेखि लगातार हिमपात भएपछि केदारनाथ धाममा यस सिजनकै पहिलो भारी हिमपात भएको छ। मौसम विभागका अनुसार आगामी केही दिन विशेषगरी पहाडी जिल्लामा वर्षा जारी रहने सम्भावना छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

महानिर्देशक र आयोजना निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको कारबाहीप्रति गम्भीर असहमति व्यक्त गरेको हो। विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कसैलाई ...

प्रधानसेनापति सिग्देलको ठहर: विपद् व्यवस्थापनमा भद्दा ‘चेन अफ कमान्ड’ बाधक
लामो ‘चेन ऑफ कमाण्ड’ का कारण तत्काल उद्धार तथा समन्वयमा प्रभावहीन बनेको बताएका छन्। ...

भारतमाथि न्युजिल्याण्डको सानदार जित
काठमाडाैं । न्युजिल्याण्डले टी-२० शृङ्खलामा भारतलाई ८७ रनले पराजित गरेको छ। इडन पार्कमा भएको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतविरुद्ध न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५९ रनको विशाल योगफल तयार गरेको थियो। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४९ बलमा १०७ रनको शतकीय इनिङ खेले र म्यान अफ द म्याच घोषित भए। त्यसैगरी, माइकल ब्रेसवेलले ...

अर्णव चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित
निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । ...


