भारत र अमेरिकाबीच व्यापार सम्झौता चाँडै टुङ्ग्याउने सहमति

नयाँदिल्ली । भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षालगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै देशले लामो समयदेखि छलफलमा रहेको द्विपक्षीय व्यापार सम्झौतालाई पनि चाँडै अन्तिम रूप दिने तयारी गरेका छन् । मुम्बईमा मङ्गलबार भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका क्रममा रुबियोले भारत र अमेरिकाबीचको व्यापार सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए । उनका अनुसार सम्झौता टुङ्ग्याउन केही प्राविधिक विषयमा मात्रै सहमति जुटाउन बाँकी छ । उनले सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र औपचारिक घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । भारत र अमेरिकाबीच राष्ट्रिय हितका प्रमुख विषयमा राम्रो तालमेल रहेको उल्लेख गर्दै रुबियोले कूटनीतिक तथा आर्थिक सहकार्य थप विस्तार गर्नुपर्ने धारणा राखेका छन् । उनले भारतको आर्थिक केन्द्रका रूपमा रहेको मुम्बईबाट व्यापार र लगानीका नयाँ अवसर सिर्जना गर्न सकिने पनि बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यका विषयमा समेत छलफल गर्ने कार्यक्रम छ । उनको भ्रमणले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । The post भारत र अमेरिकाबीच व्यापार सम्झौता चाँडै टुङ्ग्याउने सहमति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन जाने भएकी छन् । नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । चीनको हेबेई प्रान्तस्थित सियोङआन नयाँ क्षेत्रमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनका सहयोगी राजकुमार ...

टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल
काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको ...

बाढीले खोस्यो दसैंको खुसी
बर्दिया।बडादसैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैंको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैं उल्लासमय नभएर खल्लो बन्न पुग्यो। विगतका बर्षमा दसैंको दिन ...



