Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भाकल पूरा गर्न बुढासुब्बामा भीड

भाकल पूरा गर्न बुढासुब्बामा भीड

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाकल पूरा गर्न बुढासुब्बामा भीड

सुनसरी।धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ। बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो। मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ। भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ पूजाआराधना गरिरहेका छन्। यहाँ पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन्। तरहराकी निर्मला बस्नेतले दशैंका अवसरमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै बुढासुब्बा मन्दिरमा पूजा गर्न आएको बताइन्। मनोकामना पूरा हुने विश्वासका साथ आफू हरेक वर्ष भाकलअनुसार भाले चढाउन आउने गरेको उनले जानकारी दिइन्। बुढासुब्बा मन्दिरमा करिब ३० वर्षदेखि व्यापार गर्दै आएका एमडी जम्मेलले बडादशैं सुरु भएसँगै पूजाआराधना गर्न आउने भक्तजनको संख्या बढ्ने गरेको बताए। महानवमीका दिन बिहानैदेखि भक्तजनको चहलपहल बढेकाले व्यापार पनि बढेकामा उनी दङ्ग छन्। उनले मन्दिर परिसरमा पूजाका सामग्रीसँगै बालबालिकाका लागि विभिन्न किसिमका खेलौना पनि बिक्री गर्दै आएका छन्। एक दशकअघिसम्म बुढासुब्बा मन्दिर परिसरका बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासका साथ नाम लेख्ने चलन थियो। समयक्रममा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ। त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको र बाँसमा माला बाँध्ने क्रम बढेको छ। बुढासुब्बा मन्दिरमा भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल चढाएर पूजाआराधना गर्ने गर्छन्। भाकल पूरा गर्न भाले चढाउने र नजिकै रहेको गौरिनी मातालाई पोथी कुखुरा चढाउने परम्परा पनि छ। पोथी उपलब्ध नभए अण्डा चढाइन्छ। विजयपुरमा नै प्रसिद्ध शक्तिपीठ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्यालगायत मन्दिर छन्। बडादशैंका अवसरमा दन्तकालीमा भक्तजनको बढी चहलपहल हुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

ड्रोनबाट राहत वितरण
ताजा खबरJust now

ड्रोनबाट राहत वितरण

काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

नेपालन्युज
रहस्यमय ‘सारथी’को टिजर : यस्तो अवस्थामा देखिइन् निरुता सिंह
ताजा खबरJust now

रहस्यमय ‘सारथी’को टिजर : यस्तो अवस्थामा देखिइन् निरुता सिंह

फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ। निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर कात्तिक २ मा फिल्मको टिजर सार्वजनिक गरिएको हो। जसमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउमा छन्। जंगलको अँध्यारो बाटोमा हिँडिरहेका डेब्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहबिचको सम्बन्ध के हो? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोध... ...

नेपालखबर
सवारीसाधन पूजा [तस्बिरहरू]
ताजा खबरJust now

सवारीसाधन पूजा [तस्बिरहरू]

यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ। ...

हाम्राकुरा
दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?
ताजा खबरJust now

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?

काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play